Comments Add Comment

विहे गर्न नमानेपछि युवतीले प्रेमीको अनुहारमा खन्याइन् एसिड

bangaluruपुरुषले महिलाको अनुहारमा तेजाव हानेको समाचार अक्सर सुनिन्छ । तर भारतमा भने बिबाह गर्न इन्कार गरेको भन्दै एक युवतीले प्रेमीको अनुहारमा तेजाव आक्रमण गरेकी छन् ।

 

पेशाले नर्श लिदिया यशपालमाथि ३२ बर्षीय प्रेमी जयकुमार पुरुषोत्तमको अनुहारमा तेजाव छर्कनुका साथै मेडिकल ब्लेडले आक्रमण गरेको आरोप छ ।

पुरुषोत्तमको तर्फबाट प्रहरीमा दिइएको उजुरीमा लिदियासँग उनको चार बर्षको प्रेम थियो र लिदिया उनीसँग विवाह गर्न चाहन्थिन् । तर उसले विवाह यो कारणले अस्वीकार गरिरहेको थियो कि अलग धर्म भएकाले उनका बुबाआमाले लिदियालाई अस्वीकार गर्दै आएका थिए ।

प्रहरीको उजुरीका अनुसार पुरुषोत्तमले लिदियासँग पछिल्लो तीन महिनादेखि सम्बर्कबिच्छेदको प्रयास गरेका थिए । र लिदिया यो सुनेर निक्कै रिसाएकी थिइन् की पुरुषोत्तम विवाहको लागि अर्की केटी खोजिरहेका छन् ।

पश्चिम बैंगलुरुका पुलिस उपायुक्तका अनुसार महिलाले पुरुषमाथि एसिड आक्रमण गरेको पहिलो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment