Comments Add Comment

विदेशी दूतावासको भात खाएर संविधान संशोधनको कुरा गर्नेलाई जेल हाल्नुपर्छः रावल

bhim-rawal

५ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेसी मोर्चाका नेताहरुले भन्दैमा निर्वाचन रोक्न नहुने बताएका छन् । साथै उनले विदेशी दूतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा गर्नेहरुलाई जेल हाल्नु पर्ने बताए ।

 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताए । उनले भने, संविधान सभाको दोस्रो निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजादा नजाँदै चुनाव रोकिएन, अहिले आएर दुईचार जना मधेसका ठालु नेताले भन्दैमा चुनाव रोकिँदैन । अब प्रचण्डले तत्काल मिति घोषण गुर्नपर्छ ।’

निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको भन्दै उनले मधेसी मोर्चाका नेताहरुलाई तराई मधेसका जनताप्रति विश्वास छ भने आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिए ।

उनले भने, ‘संसारमा कहि पनि संविधानसभाबाट संविधान बनेपछि ताजा जनादेशमा नगई संशोधन भएको उदाहरण छैन । हामीले एकपल्ट संशोधन गरिसक्यौँ, अब निर्वाचमा जाऔँ अनि ताजा जनादेशअनुसार आवश्यक कुराहरु गरौंला, ।’

उनले निर्वाचनका लागि सरकारलाई आफ्नो पार्टी एमालेले पूर्ण रुपमा सहयोग गर्ने बताए ।

मधेसी मोर्चाका नेताले तपाईँलाई कारबाही गर्न माग गरेका छन् नि भन्ने प्रश्नमा पूर्व रक्षा एवं गृहमन्त्री रावलले भने,’जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्, विदेशी दुतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन् । यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने तिनलाई जेल हालोस् ।’

नेता रावलले अघि भने, नेपालकै प्रधानमन्त्री होलान् भनेर देशका लागि चासो व्यक्त गरेँ तर, उल्टै मधेसी मोर्चालाई प्रयोग गरेर मविरुद्ध झुटको खेती गरिरहेका छन् ।’

गएको पुस १९ गते पटनामा सिके राउत, ज्वाला सिंह, लगायतले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी छलफल गरेको सूचना आफुले थाह पाएपछि प्रधानमन्त्रीलाई खवर गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment