Comments Add Comment

राप्तीपारीका ९ गाविसलाई नेपालगञ्जसँग जोड्ने सडकको शिलान्यास

nepalgunj-baghauda-road

५ माघ, नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले नेपालगन्ज-बघौडा सडक बुधबार बाँकेको फत्तेपुरमा शिलान्यास गरेका छन् ।

हुलाकी सडक निर्माण भएपछि नेपालगञ्जसँग सडक सञ्जालबाट जोडिने बघौडाबासीको लामो समयदेखिको प्रतिक्षा समाप्त हुनेछ ।

राप्तीपारीका ९ गाविसलाई नेपालगञ्जसँग जोड्ने यो सडक निर्माणको क्रममा गुणस्तरियताका साथै निर्धारित समयमा काम सम्पन्न गराउनको लागि स्थानीयको सक्रियता हुनुपर्ने मन्त्री लेखकले बताए ।

सडक सरकारकै लगानीमा

भारत सरकारले पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणमा समानान्तर हुने गरी निर्माण गर्ने भन्दै धेरै वर्ष झुलाएको यो हुलाकी सडक ४४ दशमलव ६ किलोमिटर लामो छ । यसको निर्माण गर्नकालागि जिभिआर ईन्फ्र प्रोजेक्ट लि. चेन्नाई भारतले १९ मार्च २०१४ मा सक्नेगरी २० सेप्टेम्बर २०११ मा ठेक्का सम्झौता गरेको थियो । तर, तीन प्रतिशत काम नगरी अलपत्र अवस्थामा छाडेर हिँडेको थियो ।

अब सरकारले नै निर्माण गर्ने निर्णय अनुसार पप्पु लुम्बिनी जेभीले सम्झौता भएको छ । र, मितिले ३० महिना भित्रै निर्माण गरी सक्ने गरी टेण्डर लिएपछि बुधबार मन्त्री लेखकले शिलन्यास गरेका हुन् ।

हुलाकी राजमार्ग आयोजना निर्देशक बालाराम मिश्रले ६६ करोड ६ लाख ३६ हजार ८ सय ९० रुपैयाँ ३६ पैसाको लागतमा डबल लेनको कालोपत्रे सडक ४४ किलोमिटर मात्र निर्माण हुने जानकारी दिए । सडक कालोपत्रे गरिँदा अलकत्राको पत्र डबल हुने, ८० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी चलाउन सकिने, २ दशमलव ७५ मिटर सडकको दुबैतिर किनारा र बाटोको चौडाई ११ मिटरको रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment