Comments Add Comment

प्रज्ञा-प्रतिष्ठानले पारित गर्‍यो वार्षिक बजेट

acacemy-pragya-sabhaकाठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको ३१औं प्राज्ञसभाले चालू आर्थिक वर्षका लागि १५ करोड रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार भएको सभाले आर्थिक वर्ष ०७३/७४ को बजेट पारित गरेको हो । प्राज्ञसभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले मुलुकको साहित्य, कला तथा संस्कृतिको विकासमा प्राज्ञिक वर्गको भूमिका अहम् हुने बताए ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा-प्रतिष्ठान आफ्नो हिरक जयन्तीको तयारीमा लागेको उल्लेख गर्दै मुलुकको प्राज्ञिक उन्नयनमा प्रतिष्ठान निरन्तर लागिरहेको बताए । उनले सार्क राष्ट्रका प्रज्ञा-प्रतिष्ठानहरुसँग सहकार्यका लागि प्रयास गर्ने क्रममा भारत, चीन, बंगलादेशसँग प्राज्ञिक आदान-प्रदानका लागि सम्झौता भइसकेको र पाकिस्तान र श्रीलंकासँग प्रस्ताव पेश गरेको जानकारी दिए ।

प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार वैरागी काइँला, नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति सरुभक्त लगायतले पनि मन्तव्य राखेका थिए ।

प्राज्ञसभाले वार्षिक बजेट पारित गर्नुका साथै कर्मचारी तथा कलाकार नियमावली र आर्थिक प्रशासनसम्बन्धी नियमावलीमा आवश्यक संशोधन समेत गरेको छ । प्राज्ञसभामा रिक्त दुई स्थानमा हालै नियुक्त भएका सदस्यहरु गोपाल पोखरेल विवश र झमककुमारी घिमिरेलाई पद तथा गोपनीयताको सपथ खुवाइएको थियो । प्राज्ञसभा सदस्य लोकबहादुर थापाले राजीनामा दिएका र पुष्प थाम्सुङ सुब्बाको निधन भएकाले दुई स्थान रिक्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment