Comments Add Comment

आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः ८० न्यायाधीशको सपथदेखि इन्टरपोलको क्षेत्रीय सम्मेलनसम्म

img_9030६ माघ, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित प्राय दैनिक पत्रिकाहरुले उच्च अदालतका ८० न्यायाधीशले सपथ ग्रहण गरेको र इन्टरपोलको क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

यसबाहेक, नयाँ पत्रिका दैनिकले साना दुई दल सरकारमा थपिँदै र मुआब्जा विवादले सडक विस्तार अलपत्र परेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले बैंकहरु रित्तिएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

राजधानी दैनिकले संविधान संशोधनको पक्ष वा विपक्षमा दुई तिहाइ पुर्‍याउन दलहरुले गरेको कसरत र लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छानबिन गर्न उपसमिति बनेको समाचारलाई प्राथमिकता दिएको छ ।

नागरिक दैनिकले पुनर्निर्माणमा सघाउन सेना खटइँदै र ठूला आयोजनालाई दातृ निकायहरुले डेढ खर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको समाचारलाई महत्व दिएको छ ।

कान्तिपुर दैनिकले सामुदायिक विद्यालय अब्बल भएको, कार्कीमाथि छानबिन हुने र औषधिको मूल्य २० गुणा बढी भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकले कार्कीविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्ने र भूकम्पपीडितलाई दोस्रो किस्ता रकम दिन सुरु भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।img_9031 img_9033 img_9034 img_9035 img_9037 img_9038

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment