Comments Add Comment

पुनर्निर्माणले गति लिँदैः घर बनाउन सहयोग गर्न सेनालाई गाउँमा खाटाइँदै

Punarnirman-Pradhikaran६ माघ काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गर्ने योजना बनाएको छ । सेना र सशस्त्रको सहयोग लिए पुनर्निर्माणले गति लिने निष्कर्षसहित प्राधिकरणले सम्बन्धित निकायसँग छलफल थालेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द पोखरेलले सेना र सशस्त्रलाई पुनर्निर्माणको काममा सघाउन विस्तृत योजना बनाउन सुरु भएको जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार छ ।

पोखरलेका अनुसार पुनर्निर्माणका लागि गाउँमा दक्ष कामदारको अभाव हुँदा पीडितले घर निर्माण गर्न सकेका छैनन् । यो समस्या समाधान गर्न सेना र सशस्त्रले गाउँमा गएर पुनर्निर्माणसम्बन्धी तालिम दिने तथा अन्य आवश्यक सहयोग गर्नेछन् ।

सेना तथा सशस्त्रले उपलब्ध गराउने जनशक्तिका आधारमा प्राधिकरणले गाउँमा अरु जनशक्ति परिचालन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment