Comments Add Comment

अब साझा प्रकाशनमा राजनीति गरे अवकाश

Sajha-Publication६ माघ, काठमाडौं । बौद्धिक संस्था राजनीतिले डुबेको भन्दै साझा प्रकाशनले अब छनोट गर्ने कर्मचारीको नियुक्ति पत्रमै ‘राजनीति गरे अवकाश दिन सक्नेछ’ भन्ने लेख्ने भएको छ ।

पछिल्लो दुई वर्षमा एक सय ७२ जना कर्मचारीलाई सेवाबाट च्युत गरी ८३ जनामात्र रहेको साझालाई पहिलेकै अवस्थामा पुर्‍याउन करिब पाँच सय दक्ष जनशक्ति आवश्यक पर्ने भएको र नियुक्त गर्दा नै ‘राजनीति नगर्ने’ र ‘काम गर्ने’ कर्मचारी छनोट गर्ने भएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

देशको पहिचानसँग गाँसिएको भाषा, साहित्य, कला, संस्कृतिको उन्नयनमा समर्पित प्राज्ञिक संस्था साझा प्रकाशनबाट मासिक तलब लिनेभन्दा संस्थालाई केही दिन्छु भन्ने युवा, उर्जाशील र बहुआयामिक व्यक्तित्वलाई कर्मचारीमा छनोट गर्ने अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए ।

३७ बुँदे सपना पुरा गर्न साझाले ‘एक पटक एक कामः साझा प्रकाशन’ भन्ने नारा तय गरेको छ । साझाबाट कृति निकाल्ने स्रष्टा अंशियार भएकाले एकत्रित गर्न तिनको सम्पूर्ण विवरण खुल्ने डायरी निकाल्ने र तिनको शेयर थप गरी कम्तिमा सात हजार पाँच सय पुर्‍याइने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment