Comments Add Comment

मोरङमा विद्युत् चोरी गर्ने ९१ जनामाथि कारबाही

bijuli chori६ माघ, मोरङ । नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ ।

विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु कुुसियतले बुधबार बताए । विद्युत् चोरी गरेर प्रयोगमा आएका एकसय ४० थान टेलिभिजन, १७ थान फ्रिज, ३० थान डिसहोम तथा अन्य गरी तीनसय २८ थान सामान पनि नियन्त्रणमा लिइएको छ ।

अभियानअन्तर्गत विगत तीन महिनामा ११ लाख ४६ हजार ६ सय रुपैयाँ राजस्वसमेत असुुल भएको जनाइएको छ । विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत अहिले दैनिक तीनदेखि चार जनालाई कारबाही गरिरहेको कार्यालयले जनाएको छ ।

विद्युुत् चोरी गर्ने विराटनगरको अरुण सिनेमा हललाई सबैभन्दा बढी रु एक लाख ३४ हजार जरिवाना गरिएको कार्यालय प्रमुुख कुसियतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment