Comments Add Comment

बिक्रीमा छ सिंगै गाउँ, मूल्य २८ करोड

daran-bikतस्वीरमा देखिएको सुन्दर गाउँ विक्रीमा छ । किन्न चाहनेले २८ लाख डलर (करिब २८ करोड रुपैयाँ) ठिक पानुपर्ने छ ।

यो गाउँ क्यानडाको प्रख्यात सहर भ्यान्कुवरबाट केही किलोमिटरको दुरीमा अवस्थित छ । गाउँको नाम हो, रदन बिक । यो गाउँ यस अर्थमा पनि सुन्दर छ कि, यहाँ सयौं हलिउड फिल्मका सुटिङ भएका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँमा एउटा सुन्दर तलाउ पनि छ । भ्यान्कुवरबाट थुप्रै पर्यटकहरु यो गाउँको अवलोकन गर्न आउने गर्छन् । गाउँमा १९ औं शताब्दीका २२ वटा घर छन्, जसमा थोरै मान्छेहरु बस्छन् । गाउँको क्षेत्रफल ६० लाख स्क्वायर फिटमा फैलिएको छ ।

यहाँ हर्स राइडिङको मज्जा पनि लिन सकिन्छ । गाउँमा एउटा चर्च, एउटा प्राचिन किल्ला, एउटा हुलाक कार्यालय (जुन बन्द भइसकेको छ) रहेका छन् ।

यस गाउँका मालिक हक जेरेमी सिरोइस नामका व्यक्ति हुन् । जेरेमीका अनुसार यो सानो गाउँमा मानिसहरु घट्दै गइरहेका छन् । बचेखुचेका मानिसहरु पनि सहरतिर पलायन हुन थालेका छन् ।

उनले गाउँको मूल्य २८ लाख डलर राखेका छन् तर अहिलेसम्म ग्राहक फेला पारेका छैनन् । गाउँ हेर्न धेरै आए पनि किन्न भने हिच्किचाउने गरेको जेेरेमी बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment