Comments Add Comment

जाँदाजाँदै इण्डोनेसियन राजदूतले प्रधानमन्त्रीलाई भेटे

indonesiya-rajdut-pm-bhet६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिदाई भेट गरेका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।

बिहीबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको भन्दै राजदूत र इण्डोनेसिया सरकारप्रति आभार व्यक्त गरेका छन् ।

इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।

भेटमा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment