Comments Add Comment

नेपाली फकिर रियाज, जसलाई विश्वभरका प्रहरीले खोजिरहेको छ

fakir-riyaj६ माघ, भैरहवा । करिब ९ वर्ष अघि रुपन्देहीमा तारानाथ बोहराको हत्या भयो । बोहराको हत्यामा रुपन्देहीका फकिर रियाजको संग्लनता रहेको प्रहरीले निष्कर्ष निकाल्यो । तर, उनी नेपालमा नरहेको भन्दै रुपन्देही प्रहरीले इन्टरपोल मार्फत रियाजविरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ ।

घटनाको करिब ९ वर्ष बितिसक्यो त,र रुपन्देही फकिर अझै पक्राउ परेका छैनन् । नेपाल प्रहरीका साथै इन्टरपोलमा आवद्ध देशका प्रहरीसँग अहिलेसम्म न त उनको मृत्यु खबर नै आएको छ न त उनी बस्ने ठेगानाकै ।

अभियुक्त रियाजले बोहराको हत्या गरेको प्रहरीको आरोप छ । सन् २००८ जुलाई ६ तारिखमा रियाजले आफ्नो सहयोगी गणेश धोबी, इजाज अन्सारी, विजय यादव र रामानन्द कोइरीको सहयोगमा रुपन्देहीका तारानाथ बोहराको हत्या गरेको अपराध अनुसन्धान विभागको वेबसाइटमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रियाजको तस्विरसहित ३० जुलाई सन् २००८ मा रेर्ड कर्नर नोटिस जारी गर्न इन्टरपोलमा सिफारिस गर्‍यो । इन्टरपोलले सोही दिन रेर्ड कर्नर नोटिस जारी पनि गरेको छ । तर, अहिले सम्म पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment