Comments Add Comment

पतिलाई धोका दिँदै परपुरुषसँग अफेयरमा किम

kim-sharmaक्रिकेटर युवराज सिंहसँग डेट गरेर एक समय चर्चामा आएकी थिइन् अभिनेत्री किम शर्मा । पछि उनले विजनेस टाइकुन अली पुँजानीसँग बिहे गरिन् ।

अहिले फेरि किम मिडियामा छाएकी छिन् । उनी अहिले आफ्ना पतिको आँखा छलेर फेसन डिजाइनर अर्जुन खन्नासँग रोमान्स गर्न थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अर्जुन पनि विवाहित व्यक्ति हुन् ।

डब्बु रतनानीको क्यालेन्डर उद्घाटनको बेला किम र अर्जुनले एक-अर्काको हात समातेको देखिएपछि उनीहरुको अफेयर सार्वजनिक भएको हो । यसअघि पनि उनीहरुलाई पटक पटक एकैसाथ देखिएको थियो । किमले अलीसँगको विवाहको विषयमा विरलै कुरा गरेकी छिन् । उनी अहिले मुम्बईमा समय बिताइरहेको बताइन्छ ।

अलीसँग उनको २०१० मा बिहे भएको थियो । अर्जुन र किमले छिट्टै नै आफूहरुको सम्वन्धको विषयमा घोषणा गर्नसक्ने चर्चा छ । आउँदो २१ जनवरीमा किमको जन्मदिन पर्छ र यस मौकामा उनीहरु गोवामा मस्ति गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment