Comments Add Comment

कुनै वेला ऋतिकको बडीगार्ड थिए यी सुपरस्टार

artistमुम्बई । टिभी सिरियलका स्टार रोनित राय हिन्दी चलचित्र ‘काबिल’मा ऋतिक रोशनका साथ नकारात्मक भुमिकामा देखिएका छन् । एक समय उनी ऋतिकको बडीगार्ड पनि थिए ।

रोनितको भनाई अनुसार ‘कहो ना प्यार है’ बन्ने वेलामा एउटा दुर्घटना भयो निर्देशक राकेश रोशनले रोनितलाई ऋतिकको बडीगार्ड बन्न आग्रह गरे । रोनितले नाई भनेनन् । फिल्म एवं धारावाहिक सिरियलमा काम गर्ने रोनित एक सेक्युरिटी कम्पनि सञ्चालन समेत गर्छन् ।

आफुले आफैंलाई बडीगार्डका रुपमा चिलाउने रोनितले डेढ वर्ष आमिर खानको र केहि महिना शाहरुख खानको पनि सेक्युरिटी गार्ड भएका थिए । उनी अहिलेसम्म सलमान खानको बडीगार्ड बन्न पाएका छैनन् । तर, सलमानसंग उनको सम्बन्ध निकै राम्रो छ ।

artist-2

रोनितको भनाई अनुसार उनी कुनै वेला आर्थिक रुपमा निकै कमजोर थिए । ‘म आर्थिक रुपमा कमजोर थिँए । तर, मलाई कसैले सहायक कलाकारको रुपमा समेत काम गराएनन् ।’ प्रतिदिन २५०० रुपैया पाउने सर्तमा उनले काम सुरु गरेका थिए । तर, अहिले धेरैले मुख्य भुमिकामा अभिनय गराउछन् ।

उनी हिरो बन्नकै लागि मुम्बई आएका थिए । तर, पहिलो फिल्म असफल भएपछि उनी निराश भएका थिए । रोनितका भाई रोहित पनि छन् उनले पनि काबिलमा काम गरेका छन् । रोहित अभिनयको अतिरिक्त सञ्जयलीला भन्सालीको प्रोडक्सनमा निर्देशकको काम पनि गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment