Comments Add Comment

युट्यूवमा अश्लील सामग्री भरमार, कमजोरी गुगलको

youtubeभिडियोहरु पोष्ट गर्न र हेर्न पाइने सामाजिक सञ्जाल युट्यूव विश्वभर लोकप्रिय छ । नेपालमा त सबैभन्दा बढी हेरिने साइटमा यसले पहिलो स्थान नै ओगटेको छ ।

बच्चादेखि बृद्धसम्मले हेर्ने युट्यूवमा पछिल्लो समय अश्लील सामग्रीहरु भरमार अपलोड हुन थालेका छन् । त्यसो त युट्यूवमा यौनजन्य सामग्रीहरुका लागि कडा नियम छ, फेरि पनि कसरी पोर्न भिडियोले भरियो त युट्यूव ? खासमा गुगलको त्रुटिले यो सबै भइरहेको छ ।

जब युट्यूवमा कसैले भिडियो अपलोड गर्छ, गुगलको होस्टिङ सर्भिसले त्यसलाईं कन्टेन्ट-आइडी सफ्टवेयरबाट स्क्यान गर्छ । उक्त भिडियोलाई ‘कपिराइट म्याटरियल’बाट पनि जाँचेर हेरिन्छ ।

यस प्रक्रियामा त्यस्तो सामग्रीलाई हटाइन्छ, जसले वेबसाइटको यौनविरुद्धको कडा नियमलाई पालना गरेका हुँदैनन् । यो पूरा प्रक्रिया त्यतिबेला चल्छ जब भिडियोलाई सार्वजनिक रुपमा पब्लिस गरिन्छ ।

जब भिडियोलाई ‘पब्लिक भ्युइङ’को लागि अपलोड गरिँदैन, त्यतिबेला वेबसाइटका लागि चोरढोका बन्न जान्छ । यस प्रकारले जे अपलोड गरिए पनि त्यसलाई फिल्टर गर्न सकिन्न ।

यसरी अपलोड गरिएका भिडियो युट्यूवमा सर्च गर्दा भेटिदैन, तर यसलाई अन्य वेबसाइटमा यूट्यूव प्लेयरको मद्दतले इम्बेड गर्न सकिन्छ । यहाँ ती भिडियो जसले पनि हेर्न सक्छन् ।
अंग्रेजी वेबसाइट डेलिस्टारको समाचारअनुसार अश्लील सामग्री बनाउने क्यालिफोर्नियाको कम्पनी डि्रमरुम प्रोडक्सनले भनेको छ, ‘हाम्रो सामग्री डाउनलोड गरेर यूट्यूवमा हाल्ने गरिएको छ । हामीले यसबारेमा युट्यूवलाई जानकारी गराएका पनि छौं । तर उनीहरुले जवाफ दिएका छैनन् ।’

अश्लील सामग्रीको अलावा फिल्मलगायत अन्य पाइरेट गरिएका सामग्री पनि यही तरिकाबाट अपलोड भइरहेका छन् । त्यसो त युट्यूवले बेला-बेलामा यस्ता भिडियोहरु हटाउने गर्छ, तर त्यतिबेला मात्रै हटाउँछ जब कसैले उजुरी गरेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment