Comments Add Comment

चलचित्रका लागि पौष चिसियो, माघमा पनि चिसोकै प्रभाव

nikhil-and-jiwan
नेपालमा पौष र माघ महिनामा जाडो बढी हुन्छ । पौष र माघ महिना नेपाली चलचित्रका लागि पनि सुखद खासै बनेको पाइदैनन् । यो बर्ष पनि संभावना त्यस्तै देखिएको छ । पौष महिना त नेपाली चलचित्रका लागि चिसो नै भयो ।

पौष २९ गते रिलिज भएको चलचित्र ‘किङ्ग’ले राम्रै व्यापार गर्‍यो । ‘किङ्ग’लाई लगानी उठाउन अझ केहि हप्ता राम्रो कमाई गर्नुपर्ने हुन्छ । निखिल उप्रेतीको स्टारडमले यो चलचित्रलाई केहि फाइदा दियो । आशा गरिएका अन्य २ चलचित्र ‘शब्द र लभ सासा’ चलेनन् ।

यी बाहेक पौष महिनामा रिलिज भएका अरु कुनै पनि चलचित्र चलेनन् । ‘समर्पण, भ्रम’ जस्ता चलचित्र रिलिज भए पनि चलेनन् । जसले गर्दा, पौष महिना नेपाली चलचित्रका लागि फासफुस जस्तै भयो ।

माघ महिना पनि नेपाली चलचित्रका लागि चिसो हुने देखिएको छ । यो महिना ‘परिणाम र लेक साइड’ले मात्र प्रदर्शन मिति तोकेका छन् । दुई चलचित्रको प्रचारप्रसार अहिलेसम्म खासै छैन । माघ महिना बलियो बन्नका लागि नीता ढुंगाना र जीवन लुइटेलको ‘लेक साइड’ चल्न जरुरी छ ।

पौष र माघ महिनामा धेरै निर्माताले चलचित्र रिलिज गर्ने हिम्मत नै गरेनन् । हलमा जाडोका कारण कम शो हुने, दर्शक हलसम्म पुग्न गाह्रो मान्ने लगायतका कारणले पनि यी दुई महिनामा निर्माता तात्दैनन् ।

पौष र माघमा थोरै चलचित्र रिलिज हुँदा फागुण र चैत्रमा चलचित्र रिलिजको चाप केहि बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment