Comments Add Comment

दीपकराजलाई गाली नगर्न कलाकार संघको आग्रह

Deepak N Priyanka (5)
चलचित्र ‘छक्का पन्जा’ पाइरेसी भएपछि त्यसले निम्त्याएको परिस्थितीले अहिले यसका निर्माता तथा कलाकार दीपकराज गिरीलाई सामाजिक संजालमा गाली गर्ने बढिरहेका छन् ।

नवलपरासीका कृष्ण सुवेदीले आत्महत्या गरेपछि धेरैले यसको दोष दीपकलाई नै लगाए । दीपकले टर्चर दिएका कारण कृष्ण आत्महत्या गर्न वाध्य भएको जस्ता आरोप उनीमाथि लगाइएका छन् ।sang-ko-bigyapti
तर, दीपकराजले भने यदि आफूले कृष्णलाई टर्चर दिएको प्रमाण कसैले जुटाएमा सजायँ भोग्न तयार रहने बताइसकेका छन् । सामाजिक संजालमा दीपकलाई गाली गर्नेहरु बढेपछि अहिले चलचित्र क्षेत्रका कलाकारहरु अगाडि सरेका छन् । देशका चर्चित कलाकारले दीपकराज गिरीलाई गाली नगर्न र उनले कसैको मन दुखाउन नसक्ने भन्दै उनको समर्थनमा बोल्न थालेका छन् ।

नायिका रेखा थापादेखि अन्य थुप्रै कलाकारहरु अगाडि सरिरहेको समयमा चलचित्र कलाकार संघ पनि बोलेको छ । चलचित्र कलाकार संघकि महासचिव सरिता लामिछानेले विज्ञप्ती जारी गर्दै दीपकलाई गाली नगर्न आग्रह गरेकी छिन् ।

संघले घटनाको छानविन भैरहेको समयमा लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशिल कलाकार दीपकराज गिरीको बारेमा गाली गलौज नगरिदिन सबैसँग अपिल गरेको हो । दीपकको बिषयमा भैरहेको विभिन्न खालका टिकाटिप्पणी र गाली गलौजलाई लिएर संघ दुखित भएको लामिछानेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment