Comments Add Comment

गाम्बियामा संकटकाल घोषणा

६ माघ, गाम्बिया  । गाम्बियाका राष्ट्रपति याहय जम्मेहले सङ्कटकाल घोषणा गरेका छन् । उनले गत मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै सङ्कटकालको घोषणा गरेका हुन् ।

gambia-president-yahya-jammehविदेशी हस्तक्षेप बढेकाले सङ्कटकाल घोषणा गर्नुपरेको उनको भनाइ छ ।

पश्चिम अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दै आएका जम्मेह गत डिसेम्बरमा भएको निर्वाचमा पराजित भएपछि सत्ता छोडेका छैनन् ।

उनले मतपरिणाम नस्वीकार्ने बताएको भोलिपल्ट राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सार्वभौम जनताको रोजाइलाई नस्वीकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको थियो ।

जम्मेहले निर्वाचन भएको एक सातापछि मत परिणाम नस्वीकार्ने बताउँदै नयाँ निर्वाचन गर्न माग गरेका छन् ।

उनलाई उनका प्रतिस्पर्धी अदाम बर्रोले पराजित गरेका थिए ।

अहिले राष्ट्रपतिमा पराजित जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रूपमा गाम्बियाको सत्ता सम्हालेका थिए । गाम्बिया २० लाखभन्दा कम जनसंख्या रहेको निकै सानो अफ्रिकी मुलुक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment