Comments Add Comment

न्यू साउथवेल्सका प्रिमियर बार्डले लिए राजनीतिबाट सन्यास

new-south-wales-premier-mike-baird-quits-politics

१९ जनवरी, सिड्नी । अष्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य न्यू साउथवेल्सका प्रिमियर माइक बार्डले राजनीतिबाट सन्यासको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा भाबुक हुँदै उनले १० वर्षदेखिको राजनीति यात्राबाट बिश्राम लिने घोषणा गरे ।

‘मैले धेरैपटक भनेको छु कि म जीवनभर राजनीति गर्न चाहन्नँ’, उनले बिहीबार भने, ‘आज म त्यस प्रतीज्ञालाई व्यवहारमा उतार्न गइरहेको छु ।’

बार्ड अष्ट्रेलियाका निक्कै चर्चित राजनीतिज्ञमध्ये एक हुन् । तर पछिल्ला मत परीक्षणहरुले भने उनको लोकपि्रयता खस्कँदै गइरहेको देखाएको थियो ।

अर्को साता हुने पार्टीको बैठकमा उनको राजीनामा स्वीकृत हुने बताइएको छ र त्यही बैठकले बार्डको उत्तराधिकारी चयन गर्नेछ ।

पार्टीका कोषाध्यक्ष ग्लेडिस बेरेजिक्लिन बार्डको उत्तराधिकारीको प्रमुख दावेदारको रुपमा देखिएका छन् ।

‘मेरो बिचारमा सबैजना अचम्मित भएका छन्,’ न्यू साउथ वेल्सका उपप्रिमियर जोन बारिलारोले भने, ‘आजको घोषणाले के प्रमाणित भएको छ कि उनले परिवारलाई समय दिने निर्णय गरे ।’

बार्ड अप्रिल २०१४ मा न्यू साउथ वेल्सको मुख्यमन्त्री बन्नुलाई उच्च सम्मानको रुपमा लिइन्छ । तर त्यस पदका लागि उनको योगदान भने उल्लेख्य छ नै ।

‘मेरा मातापिता र बहिनी निक्कै गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहँदा मैले समय दिन पाइनँ र त्यसले मलाई पीडा हुन्छ,’ बार्डले भने, ‘तर अब समय परिवर्तन हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment