Comments Add Comment

अमिताभले कसलाई भने-‘तिमी पागल त भएनौ ?’

amitabh-bachhan
जब निर्माता/निर्देशक मनमोहन देसाइले अमिताभ बच्चनलाई ‘अमर अकबर एन्थोनी’ मा काम गर्ने प्रस्ताव राख्न गए अभिताभले भने, ‘तिमी पागल भयौ ?’
मुम्बइमा आयोजित एक पुस्तक सार्वजनिक कार्यक्रममा अमिताभले मनमोहन देसाई र आफ्नो सम्बन्धवारे चर्चा गरेका थिए ।

‘जब मनमोहन देसाई मेरो सामु आए र भने ‘म अमर अकबर एन्थनी बनाउन चाहन्छु ।’ अमिताभले मनमोहनलाई भने-‘छोटी बहु, बडी बहन’ जस्ता चलचित्र बनेको बेलामा कसले हेर्छ तिम्रो यो फिल्म ?’

अमिताभका अनुसार पहिलो दिनको सुटिङमा तीन दाजुभाईले एउटी बहिनीलाई रगत दिने दृष्यको सुटिङ थियो । अमिताभ भन्छन्-‘मैले निर्देशकलाई भने यो त चिकित्सा विज्ञानमा पनि नभएको कुुरा भयो ।’ मनमोहनले हप्काए ।’ अमिताभलाई लागेको थियो । यस्तो दृष्य देख्दा दर्शकले खिल्ली उडाउँछन् ।

तर, जब हलमा गएर अमिताभले चलचित्र हेरे, दर्शकले यहि दृश्यमा ताली बजाए । ‘वन्स अपन अ टाइम इन इण्डिया-अ सेन्चुरी अफ इण्डियन सिनेमा’ पुस्तक सार्वजनिक कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।

अमिताभले भारतीय चलचित्र उद्योगमा आएको बद्लाबले अब रीलको अस्तित्व लगभग सकिएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment