Comments Add Comment

सडक दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु, ४० घाइते

school-bus-accidenrt

६ माघ, काठमाडौं । उत्तरप्रदेशको एटामा बिहीबार बिहान भएको सडक दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु भएको छ । ट्रक र स्कुलबस जुधेर भएको दुर्घटनामा ४० बालबालिका घाइते छन् ।

यो दुर्घटना एटाको अलीगञ्ज रोडमा भएको हो । एटास्थित जेएस बिद्या निकेतन स्कुलको बिद्यार्थी बोकेका बस ट्रकसँग ठोक्किएको हो ।

दुर्घटना यति भयानक थियो कि बसको छत नै उडेको थियो । बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइन्छ ।

सूचना पाउनेबित्तिकै घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल पुर्‍याएको थियो । बस बच्चालाई लिएर स्कुल जाँदै थियो । जाडो मौसममा अन्य सबै बिद्यालय बन्द भएपनि यस बिद्यालय भने खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment