Comments Add Comment

भारतमा ‘भाग्यले बाँचेकाहरु’लाई अवार्ड

vagyale-bacheka-haru
बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले ‘उत्कृष्ट अन्तरराष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड’ जितेका छन् । बुधबार राती भारतको जयपुरमा सम्पन्न ‘तेस्रो राजस्थान अन्तरराष्ट्रिय चलचित्र महोत्सव’मा पाण्डेले यो उपाधी जितेका हुन् । यो विधामा नेपालसहित इटली, भारत, अफगानिस्तान, प|mान्स लगायतका देशका फिल्ममेकरहरु प्रतिस्पर्धामा थिए ।

‘राजस्थान अन्तरराष्ट्रिय चलचित्र महोत्सव’का निर्देशक सोमेन्द्र हर्षले महाभूकम्पको बेलामा समेत ज्यानको बाजी थापेर उत्कृष्ट डकुमेन्ट्री निर्माण गरेको भन्दै पाण्डेको प्रशंसा गरे । आगामी दिनमा नेपाली चलचित्रलाई प्राथमिकता दिने उनले बताए ।

अवार्ड थाप्दै पाण्डेले भारतमा पाएको सम्मानबाट आफू गौरवान्वित भएको बताए । नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले एक दर्जन अन्रराष्ट्रिय अवार्ड जितेको छ भने ३२ वटा भन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ । ‘यहि साता अमेरिकाको एशियन्स अन फिल्म फेस्टिभल र बंगलादेशको ढाका इन्टरनेशनल फिल्म फेस्टिभल’मा पनि ‘भाग्यले बाँचेकाहरु’ अवार्डका लागि प्रतिस्पर्धामा छ ।’ निर्देशक पाण्डेले भने ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्रीको छायांकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।

सन् २०१५ को डिसेम्बरमा भएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्ड जितेपछि यसको अवार्ड यात्रा आरम्भ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment