Comments Add Comment

छातीको संक्रमण, लक्षण तथा रोकथामका उपाय

chest-infrection

काठमाडाैंमा चिसो बढ्ने क्रम जारी नै छ । चिसोका कारण मानिसमा छातीको संक्रमणको जोखिम पनि बढ्दो छ ।

यस्ता संक्रमण घट्दो तापक्रमका कारण शरद ऋतु तथा जाडो मौसममा बढी हुने गर्दछ । धेरैजसो छातीका संक्रमण आफैं निको भएर जाने खालको हुन्छ । कुुनै कुनै छातीको संक्रमण जटिलता निम्त्याउनुका साथै मानिसको मृत्यु समेत हुने गर्छ ।

छातीको संक्रमणका लक्षणः

छातीको संक्रमणका विभिन्न लक्षण हुन्छन् । त्यस प्रमुख लक्षण यी हुन् ।

-खोकी निरन्तर लाग्नु
-खकारसहितको रगत आउनु वा खकार पहेँलो हुनु
-स्वाँ-स्वाँ हुनु वा ढुकढुकी बढ्नु
-ज्वरो आउनु
-छाती दुख्नु वा पीडा हुनु
-कुनै कुरामा मन नलाग्नु

त्यसबाहेक, तपाईहरुमध्ये कसैकसैमा अन्य किसिमको पनि लक्षण देखिने गर्दछ । जस्तै, टाउको दुख्ने, थकान महसुस हुने, पसिना आउने, खानमा अरुची, जोर्नी तथा मासंपेशी दुख्ने ।

छातीको संक्रमण हुने प्रमुख कारणः

फोक्सो वा स्वास-प्रस्वास नलीमा हुने संक्रमण नै छातीको संक्रमण हो । जसले गर्दा निमोनिया, ब्रोङ्काइटिस जस्ता जटिल समस्या निम्तिन्छ ।

ब्रोङ्काइटिसको संक्रमण भाइरसका कारण हुने गर्छ भने निमोनियाको संक्रमण व्याक्टेरियाका कारण हुन्छ । संक्रमित व्यक्तिले हाच्छ्युँ गरे तथा खोकेसँगै यस्ता संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ ।

यदि कुनै संक्रमित व्यक्तिले अन्य कुनै व्यक्तिको नजिक गएर वा अन्यको हातमा हाच्छ्युँ गरेमा पनि सर्ने गर्दछ ।

यस्ता संक्रमण जो कसैलाई हुनसक्छ । तर त्यसको जोखिममा यी समूह बढी रहने गर्दछन् ।

-नवजात शिशु तथा बालबालिका
-मोटोपना भएका व्यक्ति
-बृद्धबृद्धा
-गर्भवती महिला
-धुम्रपानकर्ता
-दम तथा मुटु रोगी
-मधुमेह, मृगौला सम्बन्धी रोग लागेका लगायत स्वास प्रस्वास सम्बन्धि समस्या भएका तथा रोगसित लड्ने रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई पनि यसको संक्रमण छिटो हुने गर्दछ ।

यस्ता संक्रमण धेरै कडा हुँदैन, केही दिन, केही हतामा आफैं निको हुन्छ । अझ भनौं, यस्ता संक्रमणले जटिल समस्या ननिम्तएसम्म चिकित्सककोमा जानु आवश्यक पनि हुँदैन । त्यस अवस्थामा घरैमा बसेर पनि यसको उपचार गर्न सकिन्छ ।

-आराम गर्ने
-शरीरमा पानीको मात्रा कम हुन नदिन तथा छातीमा जमेको खकारलाई नरम बनाउन झोलिलो पदार्थको सेवन अधिक मात्रामा गर्ने ।
-टाउको दुखाई, ज्वरो तथा जोनी तथा मांसपेशीको दुखाई कम गर्न सिटामोलको प्रयोग गर्ने
-निरन्तर खोकीका कारण घाँटी दुख्ने समस्या कम गर्न मह तथा कागतीयुक्त तातो पानीको सेवन गर्ने
-सास फेर्न सजिलो होस् भन्नका लागि तकियालाई हल्का अग्लो बनाउने
-धुमपान त्याग्ने ।

छातीको संक्रमण भएमा ध्यान दिनु पर्ने कुराः

ख्ाोकी लाग्दा होस् वा छाती दुख्दा हामीमध्ये धेरैजसो औषधि सेवन गर्न हतारिन्छौं । त्यसले हाम्रो शरीरलाई केही समयको लागि राहत प्रदान त गर्छ तर छातीमा जमेर बसेको खकारलाई बाहिर आउन दिँदैन ।

जवकि हामीले छाती दुख्दा घरेलु औषधिकै प्रयोगलाई बढी जोड दिँदा त्यसले खोकीद्धारा भित्र जमेको फोहरलाई बाहिर फाल्न सघाउँछ, छाती दुखाईलाई भित्रैदेखि कम गर्दै लैजान्छ ।

त्यस्तै, छाती दुखाईमा एन्टिबायोटिकको प्रयोग सकेसम्म कम प्रयोग गर्नु उचित हुन्छ । किनकि एन्टिबायोटिकले व्याक्टेरियाद्धारा भएको संक्रमणलाई मात्र कम गर्छ, न कि भाइरसले गरेको संक्रमणलाई ।

त्यसैले, छाती दुखाईका कारण निमोनियाको जोखिम बढ्ने भएमा मात्र चिकित्सकले पनि तपाईलाई एन्टिबायोटिक प्रयोग गर्न सुझाव दिन्छन् ।

त्यसो भए कति बेला चिकित्सकका जाने ?

-गम्भीर खालको छातीको संक्रमण भएको शंका लागेमा
-बढी छाती दुखेमा
-बढी थकान महसुस भएमा वा दोधार भएमा
-सास फेर्न कठिन भएमा
– खकारमा रगत देखिएमा वा रगत सहितको खोकी भएमा
-छाला वा ओठ निला भएमा
-गर्भवती भएमा
-६५ वर्ष भन्दा बढी उमेर छ भने
-म्ाोटापना भएका मानिसलाई सास फेर्नमा कठिनाइ भएमा
-प्ााँच वर्ष भन्दा मुनीका बालबालिकामा छातीको समस्या भएमा
– रोग प्रतिरोधात्मक क्षमता कम भएमा
-छाती तथा फोक्सो सम्न्धि दिर्घकालीन समस्या छ भने

रोकथामका उपायः

चिसो मौसममा छाती दुख्नु सामान्य समस्या हो । तर त्यसका कारण छातीको संक्रमण हुनु भने गम्भीर समस्या हो । यसबाट बच्न तथा छातीको संक्रमणको जोखिम कम गर्न यी उपाय अपनाउनुहोस्ः

-धूमपान तथा मद्यपान नगर्ने
-सफा बस्ने
– साबुनपानीले राम्ररी हात धुने
– हाच्छ्युँ गर्दा वा खोक्दा रुमालको प्रयोग गर्ने
– पौष्टिक तत्वयुक्त खानाको सेवन बढी मात्रामा गर्ने
-निमोनिया तथा छातीको संक्रमण विरुद्धको खोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment