Comments Add Comment

सहकारीको सेफ चोरेको आरोपमा दाजु-भाइ पक्राउ

६ माघ, काठमाडौं । गत भदौमा ललितपुरको बज्रबाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाको सेफ चोरिएको पाँच महिनापछि प्रहरीले दुई दाजु-भाइलाई पक्राउ गरेको छ ।

money-safeगत भदौ ५ गते राति सहकारीको ढोका फोडेर सेफ चोरी भएको थियो ।

अपराध महाशाखाको टोलीले मकवानपुरका कुमार भन्ने निङमा लामा र पेमा लामालाई पक्राउ गरेको हो । निङमा र पेमा दाजु-भाइ हुन् । प्रहरीका अनुसार सेफ चोरी गर्न यिनीहरुले लामो समयदेखि योजना बनाएको देखिएको छ ।

पटक पटकको रेकी पछि सेफ चोर्न सफल भएका तामाङ दाजु भाइ घटना लगतै सर्लाही गएर बसेका थिए । तर प्रहरीको निगरानीमा रहेका पेमालाई अपराध महाशाखाको टोलीले बिहीबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो भने निङमालाई केही दिन अघि नै पक्राउ गरिसकेको थियो ।

प्रहरीका अनुसार निङमा चोरीको सेफ लैजान प्रयोग भएको टाटा सुमोका चालक थिए भने पेमा चोरीमा संलग्न अभियुक्त हुन् । पक्राउ परेका तामाङ दाजु-भाइले घटनामा अरु दुई जना पनि संलग्न भएको बयान दिएका छन् । तर उनीहरु दुई जनाको बारेमा भने केही खुलाएका छैनन् ।

भदौ ५ गते सेफ चोरेर जाँदै गर्दा प्रहरीले टाटा सुमोसहित सेफ मातातिर्थबाट नियन्त्रणमा लिए पनि चोरहरु भने फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment