Comments Add Comment

सडक बिस्तार गर्दा हेटौंडामा झडप, स्थिति तनावग्रस्त

भाला र तरवारले आक्रमण भयोः प्रहरी

 

hetauda-jhadap

६ माघ, मकवानपुर । सडक बिस्तारको क्रममा हेटौंडाको बुद्धचोकमा प्रहरी र स्थानीयबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको छ ।

प्रहरीका अनुसार स्थानीयले घरेलु हतियार र ढुंगा प्रहार गरेका छन् । स्थानीयको आक्रमणबाट एक जना प्रहरी घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी र स्थानीयबीच हेटौंडाको बुद्धचोकमा अहिले पनि झडप भइरहेको छ । एक प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, ‘सडक बिस्तारको क्रममा घरको पेटी भत्काउन खोज्दा भाला, तरबारबाट प्रहरीमाथि आक्रमण भयो । ढुंगामुढा पनि भयो ।’

स्थानीय र व्यवसायीहरुले समेत सडक बिस्तारमा अवरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । झडप भए पनि सडक बिस्तारको काम भने नरोकिएको प्रहरीले जनाएको छ ।

हेटौंडा-नारायणघाट सडकखण्डको राप्ती रोडमा सडकको २५ मिटर क्षेत्रभित्र रहेका संरचना भत्काउने क्रम जारी छ । बुधबार रेडक्रस सोसाइटीको भवनसहित १५ वटा घर भत्काइएको थियो । बुधबार स्थानीयले अवरोध नगरे पनि बिहीबार भने  प्रहरीहरुमाथि नै आक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment