Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंकको नाफा १९ प्रतिशत वृद्धि, यसै वर्ष सेयर जारी गर्ने

300_3764-2
६ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमाशसम्ममा नाफा १९ प्रतिशतले वृद्धि गरेर १ अर्ब ३० करोड रुपैयाँ पु¥याउँन सफल भएको छ । बैंकले ५२ औं बार्षिकोत्सवको पुर्वसन्ध्या कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

बैंकले यो अवधिमा १ खर्ब ३८ अर्ब निक्षेप संकलन र कुल कर्जा लगानी ९३ अर्ब ४८ करोड रुपैयाँ  पुर्याएको छ । २०६० सालमा २३ अर्ब ५६ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेको बैंकले २०७३ असोज मसान्तसम्ममा १ अर्ब २३ करोड सत्तिचत नाफा बनाएको छ ।

बैंकले चालु आवभित्र सर्वसाधारणमा कुल पुँजीको ३० प्रतिशत सेयर जारी गर्ने योजना समेत बनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले  कार्यक्रममा यसको लागि तयारी सुरु भइसकेको जानकारी दिएका हुन् । ८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी पुगिसकेको बैंकले सरकारको स्वामित्वमा रहेको सेयर स्वामित्व घटाएर सेयर जारी गर्ने रणनीति लिदै आएको छ । वाणिज्य बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले मात्रै सर्वसाधारण सेयर जारी गर्न बाँकी छ ।

हाल बैंकबाट २४ लाखभन्दा बढि ग्राहकले सेवा लिइरहेका छन् । बैंकले सरकारी कार्यक्रमलाई सहयोग पुर्याउने उदेश्यले आगामी आर्थिक वर्षभित्र ७५ जिल्लामा शाखा बिस्तार गर्ने, चालु आवमा वित्तीय साषरता अभियान अन्तरगत ५० हजार नागरिकलाई साक्षरता कार्यक्रममा सहभागि गराउने, एक बैंक एक खाता अभियान अन्तरगत करिब २ लाख नयाँ खाता खोल्ने र यसका लागि १ सय ७१ वटै शाखा कार्यालयलाई परिचालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment