Comments Add Comment

प्रचण्ड सरकारमा दुई मन्त्री थपिए

prem-bdr-singh-ans-kumar-khadka
६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साना दलबाट दुई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का मन्त्री बनेका हुन् । सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त गरिएको छ ।

दुबैमन्त्रीले बिहीबार नै राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

यो विस्तारसँगै प्रचण्ड सरकार ४३ सदस्यीय भएको छ । सरकारका २ उपप्रधानमन्त्री छन् भने २६ मन्त्री र १४ राज्यमन्त्री छन् । अघिल्लो केपी ओली सरकार ४० सदस्यीय थियो । तर, प्रचण्ड सरकार यो भन्दा जम्बो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment