Comments Add Comment

निजगढ विमानस्थलको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई

NEPAL-ARMY-AT-LUMBINI

६ माघ, काठमाडौं । दोस्रो अन्तराष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न लागिएको निजगढ एयरपोर्टको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ ।

नागरिक उड्ययन प्राधिकरणको बोर्ड बैठकले विमानस्थलसम्म पुग्ने बाटोे, विमानस्थल वरिपरि निर्माण गरिने परिधीमार्ग, ट्याक्सी वे निर्माणको ट्र्याक खोल्ने काम नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो । एयरपोर्ट निर्माणका लागि आवश्यक पर्ने वन र जमिन खाली गर्ने क्रममा कटान गरिने काठको सुरक्षाको जिम्मेवारी पनि सेनाले नै पाएको छ ।

खोल्सा पुर्ने र आवश्यक कजवे निर्माणसहित न्यूनतम पूर्वाधार पनि सेनाले नै बनाउनेछ ।

नागरिक उड्ययन प्राधिकरणको बोर्डको निर्णयलाई संस्कृती, पर्यटन तथा नागरिक मन्त्रालयले अनुमोदन गरेपछि कार्यान्वयनमा आउँछ । मन्त्रालयका निमित्त सचिव सुरेश अचार्यका अनुसार सेनाले गर्ने कामहरुको लागत स्टमेट तयार गरिनेछ ।

ग्लोबल टेण्डर आहृवानको तयारी

ट्र्याक खोल्ने जिम्मा सेेनालाई दिएसँगै जग्गा अधिग्रहण, डीपीआर तयार पार्ने र निर्माणका लागि भने ग्लोबल टेण्डर गर्ने तयारी भइरहेको पर्यटनमन्त्री जीवनबहादुर शाहीले जानकारी दिएका छन् । तर, त्यसअघि विमानस्थल कुन मोडलबाट बनाउने राजनीतिक निर्णय गर्नुर् पर्ने उनले बताए ।

 

SIA-Nijgadh-3

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निजगढमा एयरपोर्ट बनाउने योजना अघि सारिएको थियो । राष्ट्रिय गौरवको आयोजनामा राखिएको छ । तर, तर, चर्चा धेरै भएपनि विमानस्थलको डीपीआर समते बन्न सबेको छैन ।

कोरियन कन्सल्ट्यान्ट कम्पनी ल्याण्डमार्क बल्र्डबाइड (एलएमडब्लू)ले २०१० मा नै अध्ययन प्रतिवेदन तयार पारेको थियो । सरकारले अब उचित रकम दिएर एलएमडब्लूसँगको सम्झौता तोड्ने तयारी अघि बढाएको छ ।

सम्झौता पुनरावलोकन गर्न निर्देशन

यसैबीच संसदको विकास समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे एलएमडब्लूसँग भएको सम्झौता पुनरावलोकन गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणमा भएको ढिलाई प्रति असन्तुष्टि जनाएको छ । र, निजगढ र पोखरा विमानस्थलको निर्माण छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय गौरवको आयोजना भनिए पनि निगजढ अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर बन्न नसकेको तथा एलएमडब्लूसँगको काम कारबाहीमा अपष्टता रहेको भन्दै समितिले सम्झौता पुनरावलोकन गर्न निर्देशन दिएको छ । साथै निर्माण मोडल प्रष्ट पार्न र निर्माणका क्रममा आउन सक्ने चुनौतीहरु आंकलन गरेर कम समस्या आउने गरी काम गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment