Comments Add Comment

हुण्डाई गाडीको एक्सचेञ्ज क्याम्प सुरु

hyndai-exchange
६ माघ, काठमाडौं । हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तीनन दिने लामो एक्सचेञ्ज क्याम्प कार्यक्रम ल्याएको छ ।

बिहिबारदेखि माघ ८ गते शनिबार सम्म हुण्डाई ब्राण्डका सबै मोडलहरुमा लागुहुने गरि राष्ट्रब्यापी रुपमा कार्यक्रम आयोजना हुनेछ ।
ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न लक्ष्मी इन्टरकन्टिनेन्टले योजना ल्याएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टले आफ्ना ग्राहकसामु नगद छुट, एकवर्षे गाडी बीमा, रोड ट्याक्स लोयल्टी बोनस, स्पेशल ब्याजदर, एक्सचेञ्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गर्ने छ ।

कार्यक्रममा एक्सचेञ्जका साथै टेष्ट ड्राइभ एउण्ड विन लगायतका मनोरञ्जनका कार्यक्रमहरु सम्मेलित छन् । कार्यक्रम अवधिमा टेष्ट ड्राइभगरेका मध्ये हरेक दिन लक्की ड्रमार्फत एक भाग्यसाली ग्राहकलाई सामुसङ ग्यालेक्सी जे-७ प्रदान गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रमबारे लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एउण्ड मार्केटिङ डिजिएम रुपेष शर्मा भट्टले भनेे, ‘ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्षमी हुण्डाई तल्लीन छ ।

देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’ यो योजना देशभरका ज्थगलमबष् म्भबभिच ल्भतधयचप मा लागू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment