Comments Add Comment

सीटी सेन्टरमा खुल्यो ओप्पो सर्भिस सेन्टर

oppo-service-centre
६ माघ, काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सीटी सेन्टरमा ओप्पोको कस्टमर सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको छ ।

उपभोक्तालाई बिक्री पछिको सेवामा उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ कम्पनीले सो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

सर्भिस सेन्टरमार्फत नेपाली बजारमा बिक्री भएका ओप्पो ब्राण्डका मोबाइल फोनको मर्मत तथा सर्भिसिङ सुविधा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

सिटी सेन्टरको दोस्रो तल्लामा अवस्थित सो सेवा केन्द्रमार्फत उपभोक्ताले आईतवार देखि शुक्रवार विहान १० देखि बेलुकी ६ बजेसम्म सेवा सुविधा लिन सक्नेछन् ।

उपभोक्तालाई सुविधा लिन थप सहजताका लागि कम्पनीले टोल फ्री नम्बरपनि सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले १६६००१८८८८६ नम्बरमा फोन गरी आफ्ना समस्या तथा जिज्ञासा राख्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment