Comments Add Comment

फेवा विकासको सञ्चालन मुनाफा रु २८ करोड ५३ लाख

greenprofitarrow-427
६ माघ, काठमाडौं । फेवा विकास बैंकको चालु आव २०७३/७४ को दोस्रो त्रैमासमा सञ्चालन मुनाफा गत वर्ष सोही अवधीको तुलनामा ६५ प्रतिशतले वृद्धि गरेर रु. २८ करोड ५३ लाख पुगेको छ  । बैंकको निक्षेप संकलन २० प्रतिशतले वृद्धि भएर रु. १२ अर्ब ५९ करोड र कर्जा २६ प्रतिशतले बढेर रु.११ अर्ब  १४ करोड पुगेको छ । कर्जा निक्षेप अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात २५.६७ प्रतिशत कायम रहेको छ । बैंकको निष्कृय कर्जाको गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।

बैंकले गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती पत्र पाइसकेको छ । बैंकको साधारण सभाले बैंकको केन्द्रिय कार्यालय नेपाल राष्ट्र बैंकको स्वीकृती लिई काठमाडौं महानगरपालिमा स्थान्तरण गर्ने र मर्जरपछि २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्व ८४ करोड पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment