Comments Add Comment

आइएमई कस्टमर कार्डमा बोनस पोइन्ट र उपहारको योजना

ime-card
६ माघ, काठमाडौं । आइएमईले कस्टमर कार्डमा बोनस अंकसहित निश्चित उपहारको व्यवस्था गरेको छ ।यो योजना आगामी असार मसान्तसम्म लागु हुनेछ ।

योजनाअन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित बोनस अंक प्राप्त हुनेछ । निश्चित बोनस अंकमा तोकिएको उपहार प्राप्त गर्न सकिनेछ ।

साथै बोनस अंक नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार (आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिनेछ ।

पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेटबोनस अङ्कवापत प्राप्त गर्न सकिने उपहारहरू हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment