Comments Add Comment

वार्षिक साढे ३२ करोडको भाडामा लाग्यो सुन्धारा भवन

Kathmandu-Mall
६ माघ, काठमाडौं । कर्मचारी सञ्चय कोषले सुन्धारस्थित आफ्नो भवन थप १५ वर्षका लागि भाडामा दिएको छ । भक्तपुरकी शिवलक्ष्मी कोँजुले १५ वर्षसम्मका लागि भवन भाडामा लिएकी हुन् ।

बिहीबार कोषका प्रशासक कृष्णप्रसाद आचार्य र कोजुले भाडासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कोँजुले महिनाको २ करोड ७१ लाख ११ हजार रुपैयाँ तिर्ने गरी सुन्धार भवन भाडामा लिएकी हुन् ।

अब वार्षिक ३२ करोड ५३ लाख रुपैयाँ भन्दा बढी आम्दानी कोषले यसै भवनबाट गर्नेछ । भाडा प्रत्येक २ वर्षमा १० प्रतिशतका दरले बढ्दै जानेछ ।

गत फागुन १२ गते काषले भवन भाडामा लगाउन टेण्डर आह्वान गरेको थियो । यसअघिको टेण्डरमा धेरै रकम कबोल गर्ने कम्पनी सम्झौता गर्नै आएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment