Comments Add Comment

डक्टर, नर्सलाई ओभरटाइम भत्ता दिने सरकारको निर्णय

 

६ माघ, काठमाडौं । सरकारले अबदेखि नर्स, चिकित्सक लगायत स्वास्थ्यकर्मीहरु र स्वास्थ्य सेवा अन्तर्गतका अन्य कर्मचारीहरुलाई पनि ओभरटाइम भत्ता दिने भएको छ ।

doctor-operationमन्त्रिपरिषदको आजको बैठकले यस्तो निर्णय लिएको हो ।

यसअघि सरकारले सबै स्वास्थ्य संस्थाहरुमा ओपीडी सेवा ९ बजेदेखि पाँच बजेसम्म सञ्चालन गर्न निर्देशन दिएपछि स्वास्थ्यकर्मीहरुले त्यसवाफत अतिरिक्त भत्ता पाउनुपर्ने सर्त राख्दै आएका थिए ।

सरकारले स्वास्थ्य मन्त्रालय मातहतका निकायमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीका लागि सेवा शर्त र सुविधा सम्वन्धी कार्यविधी स्वीकृत गरेर ओभरटाइम भत्ताको व्यवस्था गरिदिएको हो ।

स्वीकृत कार्यविधी अनुसार स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीहरुलाई कार्यालय समयभन्दा अतिरिक्त काम गरेवापत अतिरिक्त सुविधा अर्थात ओभरटाइम भत्ता दिनेछ । यो सुविधा कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्सहरुलाई उपलब्ध गराउनेछ । तर यस्तो अतिरिक्त भत्ता तलबको ५० प्रतिशतभन्दा बढी हुने छैन ।

यस्तै स्वास्थ्य संस्थाहरु विहान ९ बजे नै खुल्नु पर्नेछ र साँझ ५ बजेसम्म खुल्ला रहनेछ । नियमित सेवा भने विहान ९ देखि ३ बजेसम्मको हुनेछ र बाँकी दुई घण्टा काम गर्दा ओभरटाइम भत्ता पाइनेछ । तर अन्तरंग सेवा सञ्चालन नभएका स्वास्थ्य केन्द्रहरु भने १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला हुनुपर्नेछ ।

यस्तै कर्मचारीहरु अब निर्धारित समयमा नियमित कार्यालय पुग्नु पर्नेछ र विदाको स्वीकृत नलिई कामबाट अनुपस्थित हुन पाइने छैन । यदि त्यसो गरिए उनीहरुलाई कार्यालय प्रमुखले तत्काल कारबाही गर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment