Comments Add Comment

बम जस्तो शंकास्पद वस्तु फेला

Saket-Bomb

  • फाइल तस्वीर

६ माघ, गोरखा । गोरखाको मसेल गाविस वडा नम्वर ९ स्थित दुल्लव माविको नवनिर्मित भवन नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

भवनको करिव २५ मिटर दुरीमा सेˆटी ट्याङकी निर्माण गर्ने क्रममा डेढ फुट गहिराइमा पुरिएको अवस्थामा रकेट आकारको तार सहितको सकेट बम जस्तो वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

शंकास्पद वस्तु फेला परेको खवर पाएपछि घ्याम्पेसाल प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थल सील गरेको थियो । बम डिस्पोजलका लागि नेपाली सेनासँग छलफल भइरहेको डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment