Comments Add Comment

श्रीमतीसँग सम्वन्धविच्छेद गरेर आमासँग विहे

यी हुन् संसारका पचाउनै नसकिने १० बिहे

हाम्रो समाजमा एउटै गोत्र र थरका व्यक्तिहरुबीच विहेबारी चल्दैन । एउटै परिवारभित्र वैवाहिक सम्वन्धको त कल्पना पनि गरिदैन । तर, संसारमा यस्ता घटना भएका छन् जहाँ एउटी आमा आफैंले जन्म दिएको छोराकी श्रीमती हुन पुग्छिन् । अनि एउटा बाबु आफ्नी छोरीलाई श्रीमती बनाउछ । सीमा नाघेर राखिएका यस्ता केही सम्वन्धहरुबारे यहाँ चर्चा गरिएको छ ।

१. छोराबाट गर्भवती हुन चाहने आमा

 

अमेरिकाको मिचिगनमा बस्ने ५२ वर्षकी किम वेस्ट पछिल्ला ३ वर्षदेखि आफ्नो छोरा बेन फोर्डसँग सम्वन्धमा छिन् । अघिल्लो वर्ष उनीहरुको हर्कत सार्वजनिक रुपमा छताछुल्ल भएको थियो ।

बेनलाई जन्माएको केही हप्तापछि नै किमले आफ्नो बच्चा अरु कसैलाई पाल्न दिएकी रहिछन् । धेरै वर्षपछि आमा छोराको भेट हुँदा उनीहरुबीच अर्कै खालको भावनाले डेरा जमाउन थाल्यो । बेनले आफ्नी आमालाई श्रीमती बनाउन आफ्नी श्रीमतीसँग सम्वन्धविच्छेद गरे । अहिले बेन र किम श्रीमान-श्रीमती भएर बाँचिरहेका छन् । किम चाँडै बेनको बच्चाको आमा बन्न चाहन्छिन् । उनीहरुको सम्वन्धका विषयमा चर्को विवाद भयो तर उनीहरु अलग भएनन् ।bihe1

२. नातिसँग प्रेम गर्दा हजुरआमा जेलमा

इन्डियानामा बस्ने ७२ वर्षकी पर्ल कार्टर आफ्नै नातिसँग प्रेम गर्न पुगिन् । उनले आफ्नो प्रेमलाई वैवाहिक सम्वन्धमा बदलिन् पनि । हजुरआमा र नातिको जोडीले ४ वर्ष सँगै रहेपछि भाडाको कोखमार्फत बच्चा जन्माउने निर्णय लिएका थिए । तर यो खबर बाहिर फैलिएपछि प्रहरीले पर्ललाई पक्राउ गर्‍यो । प्रहरीसँगको बयानमा उनले आफूहरु एकअर्काको निम्ति नै बनेको बताइन् । उनले यो पनि भनिन् कि, आफूहरुले सार्वजनिक स्थानमा किस गर्दा मानिसहरुले मजाक बनाउछन् । उनी हाल जेल सजायँ काटिरहेकी छिन् ।bihe-2

३. पारिवारिक जमघटमा अंकलसँग प्रेम

वाशिंटनमा बस्ने ट्रेसी शेननको टिमोथी म्याकनेमारसँग एउटा पारिवारिक जमघटमा भेट भयो । उनीहरु नाताले काका-भतिजी थिए । पहिलो भेटमै उनीहरु एक-अर्काप्रति आकषिर्त भए । दुवैबीच प्रेम भएपछि परिवारले आपत्ति जनायो । परिवारबाट बच्न उनीहरु घर छोडेर अर्कै शहरमा बस्न थाले । उनीहरु सुखी जिन्दगी बिताइरहेका थिए । यत्तिकैमा कसैले टिमोथिलाई गोली हानेर मार्‍यो र त्यसको आरोप उनकी प्रेमिकामाथि लाग्यो । यसरी यो सम्वन्धको अन्त्य भयो ।
bihe-3
४. बाबुसँग विवाह र सम्वन्धविच्छेद

यो घटनामा विवाह गर्नुअघि दुवैलाई थाहा थिएन कि उनीहरु बाबु-छोरी हुन् । ६७ वर्षका ब्रुस म्याकमाहोले आफ्नी छोरी लिन्डा होजसँग विवाह गर्न पुगेका थिए । ब्रुस अमेरिकाका धनी मानिसभित्र पर्दछन् । एक वर्षसम्म प्रेममा लिन भएपछि उनीहरुले बिवाह गरेका थिए । तर विवाहको एक वर्षपछि ब्रुसले थाहा पाए कि लिन्डा उनकी सानैमा विछोडिएकी छोरी थिइन् । त्यसपछि उनीहरु दुवैले सम्वन्धविच्छेदका लागि अदालतको ढोका ढक्ढक्याए ।bihe-4

५. दाजु बहिनी बने श्रीमान-श्रीमती

आयरल्याण्डमा थुप्रै वर्षदेखि सम्वन्धमा रहेको एक जोडीले बच्चा पाइसकेपछि थाहा पाए कि उनीहरु खासमा दाजु बहिनी हुन् । जेम्स र मौरा दुवै फरक-फरक शहरमा हुर्किएका थिए । एक पार्टीमा दुवैको भेट भयो । भेटपश्चात उनीहरुबीच प्रेम सुरु भयो । दुई वर्ष सँगै बिताएपछि उनीहरुको बच्चा पनि भयो । जेम्सकी आमाले उनको गर्लप|mेन्डको विषयमा सोधेपछि यो कुरा पर्दाफास भयो कि उनीहरु दाजुबहिनी हुन् । तर यो खुलासापछि पनि उनीहरु छुट्टनि सकेनन् र विहे गरेर बसे ।bihe-5

६. भतिजीसँग बिहे गर्न कानूनको सहारा

अमेरिकामा बस्दै आएका भियतनामी ३४ वर्षका हुये गुयेन र उनका श्रीमान वु त्रुओंगलाई सन् २०१४ मा देश छोड्ने आदेश दिइयो । नाताले उनीहरु काका-भतिजी रहेछन् । त्यसैले उनीहरुको सम्वन्धलाई अवैध करार दिएर सजाय स्वरुप देश छाड्न भनिएको थियो । तर दुवैले आफूहरुबीचको १४ वर्ष लामो सम्वन्धको हवाला दिएर अदालतको ढोका ढक्ढक्याउन पुगे ।
अदालतले उनीहरुको विहेलाई मान्यता दियो ।bihe-6

७. पहिले छोरा र पछि छोरीसँग आमाको बिहे

ओक्लाहोमा बस्ने पेटि्रक स्पेनलाई आफ्नी २५ वर्षकी छोरीसँग बिहे गरेको आरोपमा पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा यो पनि खुलासा भयो कि छोरीभन्दा अगाडि पेटि्रकले छोरासँग पनि बिहे गरेकी रहिछन् । डिपार्टमेन्ट अफ ह्यूमन सर्भिसेजले जब पेटि्रसँग बयान लिँदा थाहा भयो कि, धेरै वर्ष अगाडि उनको आफ्ना छोराछोरीसँग विछोड भएको रहेछ । जब उनले धेरै पछि छोरा र छोरीलाई भेटिन्, उनीहरुप्रति शारीरिक रुपमै आकषिर्त भइन् ।
bihe-7
८. बाबुको बिहे छोरासँग

अमेरिकाका ७९ वर्षका निनोले ६९ वर्षका रोनाल्डलाई धर्मपुत्र बनाएका थिए । अमेरिकामा समलिंगी बिहेका लागि कसैलाई धर्मपुत्र-पुत्री बनाउने चलन व्याप्त छ । तर यो जोडीले धेरै नै हन्डर खानुपर्‍यो किनकि उनीहरु कानूनीरुपमा बाबु-छोरा थिए । बिवाह गर्नका लागि उनीहरुले बाबुछोराको कानूनी सम्वन्धलाई तोडिदिए ।bihe-8

९. पत्नीको इच्छा पूरा गर्न छोरीसँग विहे

जिम्बाबेका किलियन मोयोले आफ्नी १४ वर्षकी छोरीसँग बिहे गरे । उनकी श्रीमतीको पहिल्यै मृत्यु भइसकेको थियो । मोयोका अनुसार मर्ने बेलामा उनकी श्रीमतीले भनेकी थिइन् कि, मेरो ठाउँमा मेरी छोरीलाई श्रीमती बनाउनु । त्यही भएर नाबालिक छोरीसँग बिहे गरेको उनी बताउछन् ।bihe-9

१०. बाबुसँग छोरीको लसपस, बिहेको तयारी

२०१५ मा एउटी किशोरीले आफ्नी बाबुसँग बिहे गर्ने कुरा सार्वजनिक रुपमै भनिदिएपछि निकै हल्लाखल्ला भयो । खासमा यी बाबुछोरी १२ वर्षसम्म भेट भएका रहेनछन् । १६ वर्षकी छोरीलाई बाबुले फेसबुकमा म्यासेज पठाए । चाँडै नै दुवैले एक अर्कालाई प्रेम गर्न थाले । अहिले उनीहरु विवाहको योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment