Comments Add Comment

पाँच वटा ठेलामा सिक्का भरेर कर तिर्न पुगे अमेरिकी

sikkaअमेरिकाको भर्जिनियामा बस्ने व्यापारी निक स्टेर्फड कर कार्यालयका कर्मचारीहरुबाट निकै सताइएका थिए । त्यसको बदला लिन उनले अनौठो जुक्ति निकालेका छन् ।

निकले तीन हजार डलर विक्री कर बुझाउनुपर्ने थियो । करका कर्मचारीहरुलाई पैसा गन्न सास्ति होस भनेर उनले नोटको सट्टा सिक्का लैजाने निर्णय गरे । यसो गर्दा उनी आफैंले पनि कम दुख भने पाएनन् ।

 

निकले निकै दुख गरेर तीन हजार डलर बराबरको सिक्का जम्मा गरे । त्यसपछि ३ सय डलरमा पाँचवटा ठेलागाडा किने । अनि चार जना मजदुर लगाएर ती सिक्का ठेलामा लोड गरे । सिक्काको वजन सात सय २६ किलो थियो ।

पाँचवटा ठेलामा सिक्का बोकेर कर कार्यालय पुग्दा त्यहाँका कर्मचारी अचम्भित भएर हेरिरहेका थिए । तर सिक्का स्वीकार्नुको विकल्प उनीहरुसँग थिएन । ती सिक्का गन्नलाई मात्र कर्मचारीलाई सात घन्टा लाग्यो । त्यति समय कुर्नुपर्दा निकले झर्को मानेनन् बरु कर्मचारीलाई दुख दिन सफल भएको ठानेर उनी सन्तुष्ट देखिए ।

untitled

खासमा निकको डिपार्टमेन्ट अफ मोटर भइकल (डिएमभि) सँग विवाद भएको रहेछ । निकल आफ्नो गाडी कहाँ दर्ता गर्नुपर्छ र कहाँ कर तिर्नुपर्छ भनेर जान्नलाई विभागका कर्मचारीलाई धेरैपटक फोन गरेका रहेछन् । तर विभागका कर्मचारीहरुले उनलाई सही जानकारी दिनुको साटो अब आइन्दा फोन नगर्नु भनेर झपारेछन् । त्यही झोकमा निकले ती कर्मचारीहरुलाई दुख दिन अनौठो तरिका अपनाएका थिए । आफूले पाँच वटा ठेलामा सिक्का भरेर कर कार्यालयमा लगेको तस्बिर उनले फेसबुकमा सेयर गरेका छन् र आफ्नो कथा पनि सुनाएका छन् ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment