Comments Add Comment

करिश्मालाई छोरीको तौलको सकस

karisma-and-kabita
नेपाली चलचित्र क्षेत्रमा अब महिला निर्देशकको अभाव नहुने देखिएको छ । चर्चित नायिकाहरु एकपछि अर्को चलचित्र निर्देशन गर्ने तयारीमा लागेका छन् । रेखा थापा, झरना थापा निर्देशक भैसकेका छन् ।

अब, नायिका करिश्मा मानन्धर पनि निर्देशक बन्ने तयारीमा लागेको चर्चा छ । हुनत, यसअगाडि चलचित्र ‘फागू’लाई करिश्मा आफैले निर्देशन गर्ने जस्ता समाचार सार्वजनिक भएपनि पछि उनी निर्माता मात्र बनिन् । तर, अब भने करिश्मा करिअरमा नयाँ परिचय बोक्ने सुरमा छिन् । करिश्माले आफू कथा लेखनमा व्यस्त रहेको बताएकी छिन् ।

करिश्मा चाहन्छिन् कि, यो चलचित्रमा उनकी छोरी कविता नायिका बनुन् । होम प्रोडक्शनबाट नै कवितालाई चलचित्र क्षेत्रमा भित्राउने सोच उनको छ ।
तर, करिश्मा यसका लागि छोरीले तौल घटाउनुपर्ने बताउँछिन् । छोरीसँग आफूले नायिका बन्न तौल घटाउनुपर्ने शर्त राखेको करिश्माको भनाई छ ।

म्यूजिक भिडियो र सौन्दर्य प्रतियोगीतामा भाग लिएपछि अमेरिकामा रहेकी कवितालाई ग्ल्यामर क्षेत्रको मोह बढेको छ । यसका लागि उनले आमाले राखेको शर्त पक्कै पनि पुरा गर्लिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment