Comments Add Comment

चीनबाट आउने भयो हजारका नयाँ नोट

one-thousand-not
५ माघ, काठमाडौं । नेपाली नोट छाप्ने जिम्मा पाएको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले पहिलोपटक १ हजारका नोट छापेर नेपाल पठाएको छ ।

यो नोटहरु चीनको पूर्वी तटस्थित नाचाङ-ज्याङ्सी प्रान्त हुँदै नेपाल भित्रिने चरणमा रहेका छन् । अगष्टमा खुलेको नोट छपाइ टेन्डरमा बि्रटिस तथा फ्रेन्च कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले टेन्डर हात पारेको थियो ।

 

२० करोड रुपैयाँ बराबरको १ हजारका नोट छाप्ने जिम्मा पाएको चाइना बैंक नोट पि्रन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले यसअघि १ सयको नोट छापिसेकेको छ ।

यो कम्पनीले २० करोड ६० लाख बराबरको ५ रुपैयाँको नोट छाप्ने पनि टेन्डर पाएको राष्ट्र सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

नेपाली नोट छापेको चाइना बैंकनोट पि्रन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले चिनियाँ मुद्रा पनि छाप्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment