Comments Add Comment

जब हाँससँग बाघले हार खायो… (भिडियोसहित)

tiger

मृत्युसँग कसरी खेल्ने यो हाँसलाई राम्ररी थाहा छ । एउटा डरलाग्दो बाघसँगै स्विमिङ पुलमा पौडी खेलिरहेको छ हाँस । हाँसलाई शिकार बनाउने चेष्टामा बाघ छ ।
निकै बेरसम्म हाँस पुलको वरिपरी पौडिरहन्छ र बाघले उसलाई पछ्याइरहन्छ । एउटा विन्दुमा बाघ र हाँस एकदमै नजिक देखिन्छन् । तर, यसपटक पनि बाघको निशाना चुक्छ ।सार्वजनिक भएको भिडियो क्लिपमा बाघले हाँसलाई पटकपटक झम्टन्छ । तर, चतुर हाँसले हरेक पटक उसलाई छक्याएर आफ्नो ज्यान बचाउँछ । जब बाघले आक्रमण गर्न खोज्छ, हाँस पानीभित्र डुबुल्की मार्छ र हराइदिन्छ अनि बाघ जिल्ल पर्छ ।

अन्त्यमा हार खाएर बाघ आफैं पुलबाट बाहिरिन्छ । त्यसपछि हाँस पानीमा एक्लै ढुक्कले पौडन थाल्छ ।

यो हाँसको साहसलाई धेरैले प्रशंसा गरेका छन् । बेलायतको सिम्बियो वाइल्ड लाइफ पार्कले यो भिडियोलाई फेसबुकमा पोष्ट गरेको थियो, जसलाई हजारौंले हेरेका छन् ।

हेर्नुहोस् भिडियो

२०७३ माघ ६ गते १५:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment