Comments Add Comment

अष्ट्रेलियामा नेपाली विद्यार्थी पढाइमा उत्कृष्ट

'एजुकेशन तथा करिअर फेयर २०१७' आयोजना हुँदै

expert-education-and-career-fair-2017

सिड्नी । अष्ट्रेलियाका स्थापित विश्वविद्यालय र शैक्षिक संस्थाहरुले आफ्नो संस्थामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु इमान्दार, अनुशासित र पढाईमा उत्कृष्ट भएको बताएका छन् ।

एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका अष्ट्रेलियाका विश्वविद्यालय र शैक्षिक संस्थाका प्रतिनिधिहरुले उक्त बिचार व्यक्त गरेका हुन् ।

आगामी जनवरी २४ तारिकमा एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले ‘एजुकेशन तथा करिअर फेयर २०१७’ को आयोजना गर्दैछ ।

उक्त फेयरमा चार्ल्स स्टुड युनिभर्सिटी, वेष्टर्न सिड्नी युनिभर्सिटी, फ्लिण्डर्स युनिभर्सिटी, युनिभर्सिटी अफ साउदर्न क्वीन्सल्याण्ड, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, मक्वारी युनिभर्सिटी, सीक्यू युनिभर्सिटी, युटीएस ईनसर्च लगायतका विश्वविद्यालय र एनएस डब्लु टेफ अन्तर्गतको वेष्टर्न सिड्नी इन्सटिच्युट, अष्ट्रेलियन कलेज अफ बिजनेस इन्टेलिजेन्ट्स, होल्म्स इन्सटिच्युट, किङ्गस वन इन्सटिच्युट, एक्सेल्सिया लगायतका शैक्षिक संस्थाहरु सहभागी हुनेछन् ।

उक्त दिन एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिसेजको कार्यालयमा विद्यार्थीहरुलाई अष्ट्रेलियन शिक्षा तथा अष्ट्रेलियामा करिअर सम्बन्धी निःशुल्क जानकारी दिइने छ ।

पत्रकार सम्मेलनमा उपस्थित चार्ल्स स्टुअर्ड युनिभर्सिटीका एकेडेमिक डाइरेक्टर जेफरी गसपरले भने, ‘नेपाली विद्यार्थीहरु हाम्रो विश्वविद्यालयमा विशिष्ट श्रेणीमा उत्कृष्ट हुने गरेका छन् ।’

आफ्नो युनिभर्सिटीलाई नेपालसम्म पुर्‍याएकोमा एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजलाई धन्यवाद दिँदै उनले भने, ‘यहाँका परामर्शदाताहरु योग्य भएकाले हाम्रा विद्यार्थीहरु पनि उत्कृष्ट भएका हुन् ।’

होल्म्स इन्सटिच्युटका क्याम्पस डाइरेक्टर रब रेल्टनले भने, ‘सबै नेपाली आफैमा राम्रा छन् । नेपाली विद्यार्थीहरुसँग काम गरेको १० वर्षको अनुभवमा उनीहरु निकै मेहेनती छन् ।’

आफ्नो इन्सटिच्युटमा ६४ देशका विद्यार्थीहरु पढीरहेको र जसमा १४ प्रतिशत नेपाली रहेको उनले जानकारी दिए ।

उनले केही वर्षयता भइरहेको यस्तो फेयरबाट व्यापारिकमात्र होइन, व्यवस्थापक र विद्यार्थीहरुबीच सिधा सम्पर्क हुने गरेकाले यो निकै उपयोगी भएको बताए ।

उनले नेपाली विद्यार्थीहरुको सल्लाहअनुसार कलेजका नीतिहरुमा समेत परिवर्तन गरेको जानकारी दिए ।

एनएस डब्लु टेफ अन्तर्गतको वेष्टर्न सिड्नी इन्सटिच्युटका इन्टरनेशनल क्लाइन्ट रिलेशन म्यानेजर टिमोथी टङले आफ्नो इन्सटिच्युटमा पढीरहेका नेपाली विद्यार्थीहरु निकै अनुशासित र उत्कृष्ट रहेको बताए ।

आफ्नो इन्सटिच्युटमा विद्यार्थीहरुलाई चौबीसै घण्टा हटलाइन सुविधाको व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै किङ्गस वन इन्सटिच्युटका मार्केटिङ म्यानेजर जेन क्याम्बेलले आफ्नो इन्सटिच्युटमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले राम्रो प्रगति गरेको बताइन् ।

अष्ट्रेलियन कलेज अफ बिजनेस इन्टेलिजेन्ट्सका सेल्स तथा मार्केटिङ म्यानेजर ऋषी रञ्जनले आफ्नो इन्सटिच्युट सुरु भएको पहिलो वर्षमा नै नेपाली विद्यार्थीहरुमा आफूले निकै लगनशीलता देखेको बताए ।

उनले भने, ‘खासगरी एक्सपर्टका परामर्शदाताहरुले अष्ट्रेलियन शिक्षा र करिअरबारे राम्रो परामर्श दिएकाले विद्यार्थीहरुमा उक्त लगनशीलता भएको मैले विश्वास गरेको छु ।’

एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजका डाइरेक्टर सञ्जिव शर्माले अष्ट्रेलिया अध्ययन गर्न आएका विद्यार्थी र शैक्षिक संस्थाहरुलाई एउटै कार्यक्रममा उपस्थित गराएर विद्यार्थीलाई अष्ट्रेलियन शिक्षा र करिअरबारे निःशुल्क जानकारी दिने यो फेयरको उद्देश्य भएको बताए ।

विद्यार्थीहरुका लागि अष्ट्रेलियामा आफ्नो अध्ययन र करिअरबारे सही सूचना प्राप्त गर्न र निर्णय गर्न यो फेयर उपयोगी हुने बताए ।

२००३ मा स्थापना भएको एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजको अष्ट्रेलियामा सिड्नी, मेलवर्न, ब्रिसवेन, एडिलेड र गोल्डकोष्टमा कार्यालयहरु रहेका छन् ।

नेपालमा विर्तामोड, चितवन, बुटवल, पोखरा, काठमाडौंमा कार्यालयहरु रहेका छन् । यसै महिना पूर्वी नेपालको इटहरीमा पनि एक्सपर्टको शाखा कार्यालय खोलिने अपरेशन म्यानेजर भुवन पाण्डेले बताए ।

एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियामा अध्ययन भिसा, अध्यागमन सम्बन्धी जानकारी, बसाइ सराई, विद्यार्थी बीमा, अंग्रेजी भाषा शिक्षा, होम लोन, एकाउन्टिङ, ट्याक्स, मोबाइल फोन सेवा, प्रोफेसनल इयर प्रोग्राम सम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजलाई सम्मान

प्रत्येक वर्ष पाँच हजार भन्दा बढी विद्यार्थीहरुलाई सेवा पुर्‍याइरहेको एक्सपर्टमार्फत् नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानी, आइल्याण्ड, भियतनाम, कोरिया, नाइजेरिया, श्रीलंका र चीनको हङकङबाट अष्ट्रेलियामा आएर अन्तराष्ट्रिय विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।

एक्सपर्टले आफ्नो सेवालाई बिभिन्न भाषामा पनि बिस्तार गरेको छ । जसमा थाई, भियतनामी, हिन्दी, कोरियन, बंगाली र अफ्रिकन भाषा रहेका छन् ।

एक्सपर्ट फाउण्डेसनमार्फत् नेपाल तथा अष्ट्रेलियामा खेलकुद र समाजसेवाका काममा पनि एक्सपर्टले हात हालेको छ ।

expert-education-and-visa-service-directorआफ्नो इन्सटिच्युटमा विद्यार्थीहरु उपलब्ध गराउने संस्थाहरुमा उत्कृष्ट भएको भन्दै एनएसडब्लु टेफको वेष्टर्न सिड्नी इन्सटिच्युटले एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजलाई टप पर्फर्मेन्स एजेन्टका रुपमा २०१६ को विशेष सम्मान पनि गरेको छ ।

टेफ वेष्टर्न सिड्नी इन्सटिच्युटका इन्टरनेशनल क्लाइन्ट रिलेसन म्यानेजर टिमोथी टङले आजै एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजका डाइरेक्टर सञ्जिव शर्मालाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

बुटवलमा पनि सेमिनार आयोजना

एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले नेपालमा पनि सेमिनारहरु आयोजना गरेको छ । आजै नेपालको बुटवलमा सेमिनार आयोजना गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज बुटवल शाखाले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत बुटवलमा एक दिने शैक्षिक सेमिनार आयोजना गरेको हो ।

सो सेमिनारमा अष्ट्रेलियाका लागि माइग्रेशन एजेण्ट बदि्र अर्यालसहित अष्ट्रेलियाका पाँच युनिभर्सिटीका प्रतिनिधिको उपस्थिति थियो ।

expert-education-and-career-fair-2017-2

सीएसयु स्टडी ग्रुपका डाइरेक्टर डेबिड नाइट, फिलिण्डरर्स युनिभर्सिटीका रिजनल म्यानेजर मार्क चार्ली, युनिभर्सिटी अफ वेष्टर्न सिड्नी इन्टरनेशनकी निम्रता आनन्द, रिक्रुटमेन्ट म्यानेजर युटीएस ईनसर्चका रिजनल डाइरेक्टर, कप्लन बिजनेश स्कुलका गोबी मुथुसामीको उपस्थिति थियो ।

एकदिने सेमिनारमा अष्ट्रेलियाको शैक्षिक प्रणाली त्यहाँको रहनसहनको विषयमा प्रकाश पारिएको थियो ।

यसैगरी गत जनवरी १६ मा बिर्तामोड, १८ मा चितवन पनि सेमिनार आयोजना गरिएको थियो । अब जनवरी २० मा पोखरा र २१ मा काठमाडौंमा सेमिनार आयोजना हुनेछन् ।

नेपालका सेमिनारहरुमा अष्ट्रेलियाका १३ वटा शैक्षिक संस्थाहरु सहभागी भएका अपरेशन म्यानेजर भुवन पाण्डेले जानकारी दिए । यी सेमिनारहरुका एक्सपर्टका डाइरेक्टर बद्रि अर्याल स्वयम् सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment