Comments Add Comment

सुख्खायामका कारण बिद्युत उत्पादन घट्यो, लोडसेडिङ नगर्ने प्रतिवद्धता कायमै

bijuli-no-loadseding-light
६ पुस काठमाडौं । उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेको नेपाल विद्युत प्राधिकरण र उसको नेतृत्व कुलमान घिसिङको परीक्षा सुरु भएको छ ।

सुख्खा बढ्दै जाँदा विद्युत उत्पादन घट्दै गएको छ । गत पुस ६ गते देशमा ५ सय ८७ मेगावाट बिद्युत उत्पादन भएकोमा अहिले यो ६४ मेगावाटले घटेर ५ सय १९ मेगावाटमा आइपुगेको छ ।

यसले आपूर्ति र मागबीच सन्तुलन कायम राख्न हम्मेहम्मे परेको छ । भारतबाट आयात भएको विजुलीले यसमा ठूलो मदत गरेको छ । उर्जा मन्त्रालयका सह प्रवक्ता गोकर्णराज पन्थीका अनुसार अहिले भारतबाट आयातीत बिद्युतको मात्रामा पनि बृद्धि हुँदै गएको छ ।

पुस ६ गते भारतबाट २ सय ७५ मेगाावट बिद्युत आयात भएको थियो । तर, अहिले बढेर ३ सय २४ मेगावाट पुगेको छ ।
माघ महिनाको अन्त्यतिर सुख्खा झनै बढ्ने पन्थी बताउँछन् । यसरी सुख्खा बढ्दै जाँदा विद्युत उत्पादनमा कमी आएपनि मागमा भने कमी आउँदैन । उनले भने ‘माघ महिनाको अन्त्यतिर झनै सुख्खा बढ्ने र उत्पादन घट्छ यसले गर्दा भारतबाट आयात गर्नुपर्ने बिद्युतको मात्रा बढ्छ ।’

पन्थीका अनुसार बिहीबार ३ सय ४० मेगावाट विद्युत नेपाल बिद्युत प्राधिकरणबाट सञ्चालित आयोजनाबाट उत्पादन भइरहेको छ । निजी क्षेत्रबाट १ सय ७९ मेगावाट बिद्युत उत्पादन भइरहेको छ ।

भारतबाट आएको विद्युत समेत जोड्दा देशमा कुल ८ सय ४३ मेगावाट बिद्युत मात्रै उपलब्ध छ । माग भने १२ सय ५७ मेगावाट छ । यसका बाबजुत विद्युत प्राधिकरणले काठमाडौंमा लोडसेडिङ गरेको छैन । र, यो वर्ष लोडसेडिङ तालिका नल्याउन हरसम्भव प्रयास हुने प्राधिकरणले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment