Comments Add Comment

आगलागीको दृश्य टीभीमा लाइभ प्रशारण भइरहँदा यसरी ढल्यो १५ तल्ले भवन

15-storey-building-collapses-4

६ पुस काठमाडौं । इरानको सबैभन्दा पुरानो गगनचुम्बी भवन आगलागी भएर ढलेपछि ३० जना अग्नि नियन्त्रकको मृत्यु भएको छ ।

तेहरानको मुख्य बजारमा रहेको १५ तल्ले प्लास्को भवनमा आगलागीको टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहेका बेला ढलेको थियो ।

सरकारी टेलिभिजनका अनुसार यहाँ आगो निभाउन २ सय बढि अग्नि नियन्त्रक खटिएका थिए । उनीहरुमध्ये ३८ जना घाइते भएको र दर्जनौं हराइरहेका छन् ।

१९६० मा निर्माण भएको यो भवनभित्र एउटा सपिङ सेन्टर तथा लुगाको वर्कसपहरु थिए । ‘भवन ढल्दा केही अग्नि नियन्त्रक र भवनका रेखदेख गर्ने व्यक्तिहरु भित्रै थिए,’ भवनभित्र एउटा पसल चलाउने अहमदले भने, ‘मेरो पसल सबै खरानी भयो । हजारौं परिवारको विचल्ली भएको छ ।’

15-storey-building-collapses

एक प्रत्यक्षदर्शी मोहसेनले एएफपीलाई भने, ‘मेरो एकजना साथीको पसल त्यहाँ थियो । मैले उसलाई फोन गरिरहेको छु तर, उठ्दैन । सायद भित्रै थुनियो होला ।’

एक सय दमकल र दर्जनौं एम्बुलेन्सहरुले भवनलाई घेरिरहेका बेला यसको स्टिलको संरचना गर्ल्यामगुर्लुम ढलेको थियो । केही सेकेन्डभित्रै भवन भग्नावशेषमा परिणत भयो, जुन दृष्य टेलिभिजनमा लाइभ देखिएको थियो ।

ग्यास लिक भएर विष्फोट हुने डरले प्रहरीले भवन वरिपरीको क्षेत्रलाई खाली गराएको थियो र मानिसहरुको भिडलाई पनि हटाएको थियो ।

15-storey-building-collapses-1 15-storey-building-collapses-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment