Comments Add Comment

संघीय गठवन्धन र नयाँ शक्तिले कार्यगत एकता गर्ने

baburam-and-upendra

६ माघ, काठमाडौं । संविधान संशोधनका लागि दबाव दिन मधेसी मोर्चासहितको संघीय गठवन्धन र नयाँ शक्ति नेपालले कार्यगत एकता गर्ने भएका छन् । साथै उनीहरुले संविधान संशोधन विधेयकमा गरिने परिर्माजनबारे साझा धारणा बनाउने समझदारी समेत गरेका छन् ।

बिहीबार बबरमहलमा बसेको गठवन्धन र नयाँ शक्ति नेपालका नेताहरुको बैठकमा कार्यगत एकता गर्ने समझदारी भएको हो । यो कार्यगत एकता संविधान संशोधनका लागि भएको नेताहरुले बताएका छन् । अब गठवन्धन र नयाँ शक्तिका नेताहरुको टोलीले सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकमा गरिने परिर्माजनबारे साझा धारणा बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment