Comments Add Comment

कर्णको हृयाट्रिकसँगै झापा ११ क्वार्टरफाइनलमा

jhapa-11

६ माघ, पोखरा । कर्ण लिम्वुको हृयाट्रिकको मद्धतमा रमपम झापा ११ ले पोखरामा जारी १५ औं आहा ! रारा गोल्डकपमा सुखद सुरुवात गरेको छ ।

हालैमात्र काकडभिट्टा गोल्डकपको उपाधि जितेको झापा ११ ले अमेरीकाको ए.एन.ए. युएसए फुटवल टीमलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । झापाको जितमा कर्ण लिम्वुले तीन र बुद्ध चेम्जोङले एक गोलको योगदान गरे ।

खेलको २४ औं मिनेटमा कर्ण लिम्वुको गोलमा झापाले अग्रता लिएको थियो । पुजन उपरकोटीको पासमा कर्णले पहिलो गोल गरेका थिए । त्यसको ६ मिनेट बित्न नपाउँदै कर्णले झापाका लागि दोश्रो गोल गरे । दोश्रो गोल उनले ३० औं मिनेटमा राजिन धिमालको क्रसमा गरे ।

पहिलो हाफमा २/० ले अग्रता लिएको झापा दोश्रो हाफमा पनि ए.एन.ए.युएसए माथि हाबी भयो । ७४ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै झापालाई ३-० ले अग्रता दिलाए । उनले हृयाट्रिक कर्ता कर्ण लिम्वुको पासमा फष्र्ट बार च्याप्दै जाली चुमाए ।

खेलमा फितलो प्रदर्शन गरेको ए.एन.ए. युएसए टिमले ८५ औं मिनेटमा सान्त्वना गोल गर्न सफल भयो । खासै राम्रो मुभ र गोल गर्ने अवसर सिर्जना गर्न नसकेको ए.एन.ए युएसएका सब्ष्टीच्यूट खेलाडी शिशिर विश्वकर्माले दायाँ साईडबाट पहिलो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो । शिशिर क्याप्टेन प्रलय राजभण्डारीको सट्टामा ७९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

६०/४० को गोल पोजिसन बनाएको झापाले खेलको अन्तिम मिनेटमा थप गोल गर्दै खेल अन्तर ४-१ पुर्‍यायो । खेलको ९० औं मिनेटमा दिलेन लोक्तानको पासमा कर्णले गोल गर्दै प्रतियोगिताकै पहिलो हृयाट्रिक गरे ।

एकतर्फी हाबी भएको झापाले थप केही अवसर खेर फाल्यो । खासै राम्रो प्रदर्शन नगरेको ए.एन.ए. युएसएले ६३ औं मिनेटमा राम्रो अवसर खेर फाल्यो । शान्त गुरुङले गरेको प्रहारमा बिपक्षी गोलकिपर किशोर गिरी बाधक बने ।

विहीबारको खेलमा प्रतियोगिताकै पहिलो हृयाटि्रक गरेका कर्ण लिम्वु म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सि.एम.जी. संकटा क्लव र नेपाल पुलिस क्लव आमनेसामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment