Comments Add Comment

के ओभरचार्ज गर्दा मोबाइलको ब्याट्री खत्तम हुन्छ ?

यी हुन् स्मार्ट फोनमाथिका केही भ्रम र यथार्थ

smart-foneआज मानिसहरुको हात-हातमा पुगेको छ स्मार्ट फोन । स्मार्ट फोनको फैलावटसँगै यसका विषयमा थुप्रै गलत धारणाहरु व्याप्त भइरहेका छन् । हामी यहाँ स्मार्टफोनसँग जोडिएका केही मिथक र तीनको यथार्थबारे अवगत गराउँदैछौ ।

१. टास्क किलरले स्मार्टफोनको स्पीड बढाउँछ

यो भनिन्छ कि, सबै एप्सहरु बन्द गर्दा वा टास्क किलर प्रयोग गरेर एप्सलाई आफ्नो स्मार्टफोनको र्‍यामबट रिमुभ गर्दा डिभाइसको स्पीड बढ्छ । तर वास्तविकता के हो भने यस्ता एप्सहरु ब्याकग्राउन्डमा फ्रिज भएको हुन्छ, जब तपाईं यसको प्रयोग गर्नुहुन्न ।

साथै यसले मेमोरीको नगन्य हिस्सा मात्रै उपभोग गरेको हुन्छ । यो र्‍याममा यसकारण हुन्छ कि तपाईंले यसलाई अर्कोपटक चाँडै खोल्न सक्नुहोस । र्‍याममा नरहने एप्सलाई रिमुभ गर्दा खासमा तपाईंको फोनको स्पिड घट्छ ।

२. ओभरचार्ज गर्दा फोनको ब्याट्री खत्तम हुन्छ

फोनलाई रातभरी चार्ज गर्दा पनि यसको ब्याट्रीलाई कुनै नोक्सानी गर्दैन । यसको कारण के हो भने आजकाल स्मार्टफोन यस किसिमले डिजाइन गरिएको हुन्छ कि यसले ओभरचार्जिङलाई आफैं बचाउ गर्छ । पूरा चार्ज भएपछि यसलाई थाहा हुन्छ कि कतिबेला आफैं प्रोटेक्सन मोडमा जाने भनेर ।

यद्यपि यो मिथकमा आंशिक सत्यता छ । फोनको ब्याट्रीलाई चार्ज गर्दा यसको तापक्रम बढ्छ । त्यतिबेला गम्भीर नोक्सानी हुन सक्छ जब तपाईंको फोन सिरानी जस्तो कुनै वस्तुबाट थिचिएको हुन्छ । यस्तो अवस्थामा रातभर चार्ज गर्दा ब्याट्री बिगि्रन सक्छ ।

३. स्मार्टफोनसँगै आएको चार्जर मात्रै प्रयोग गर्नुपर्छ

यो कुरा पनि सत्य होइन । बढीजसो आधुनिक स्मार्टफोनले स्ट्यान्डराइज्ड यूएसबी चार्जर प्रयोग गर्दछन् । यसको मतलब यो हो कि, तपाईं कुनै पनि यस्तो यूएसबी चार्जरको प्रयोग गर्न सक्नुहुन्छ जसले पर्याप्त पावर दिन्छ । यदि तपाईं आफ्नो पहिलेको चार्जरभन्दा शक्तिशाली चार्जर प्रयोग गर्नुहुन्छ भने पनि कुनै हानी गर्दैन । तपाईंको स्मार्टफोन आफ्नो आवश्यकता अनुसार पावर लिन स्मार्ट छ ।

४. बढी मेगापिक्सलबाट उत्तम गुणस्तरको तस्वीर आउँछ

बढी मेगापिक्सलको मतलब सँधै यो हुँदैन कि तपाईंले उत्तम गुणस्तर पाउनुहुन्छ । इमेज प्रोसेसिङ सफ्टवेयरजस्ता कयौं अन्य चिजहरु पनि छन् जसबाट लेन्स र सेन्सरको समग्र गुणस्तर उत्तम हुन्छ ।

५. मल्टी कोर प्रोसेसरबाट स्मार्टफोन छिटो चल्छ

प्रोसेसरको जब कुरा आउँछ, तपाईंले यसको गुणस्तर हेर्नु आवश्यक छ न कि संख्या । कुनै एन्ड्रइड स्मार्टफोनवाला ८ कोर प्रोसेसरको तुलना एप्पल आइफोन ६ एस ड्यूल कोर प्रोसेसरसँग गर्दा तपाईंले थाहा पाउनुहुन्छ कि आइफोन छिटो चल्छ । प्रोसेसरको स्पीडले तपाईंको स्मार्टफोनको स्पीडमा मामुली मात्र योगदान दिन्छ ।

६. एन्ड्रोइड फोन भाइरस र मेलवेयरबाट भरिएको हुन्छ

मेलवेयरलाई लिएर एन्ड्रोइड फोनको प्रतिष्ठा खराब छ । यद्यपि यो याद राख्नुपर्छ कि यस्ता फोन थोरै मात्र छन् जो मैलवेयरबाट संक्रमित हुन्छन् । जबसम्म तपाईं एप्सलाई गुगलप्लेबाट डाउनलोड गर्नुहुन्छ तबसम्म कुनै समस्या आउनेछैन ।

७. स्क्र्याचबाट बचाउन स्कृन गार्ड आवश्यक

यो सत्य हो कि, स्कृन गार्ड पछिल्लो समयमा धेरै सहयोगी थियो । यद्यपि आजको समयमा स्मार्टफोन गरिला ग्लास जस्तो प्रविधिको प्रयोग स्कृन बनाउनलाई गर्छन् । गरिला ग्लास यस्तो शीशा हो जो धेरै हदसम्म स्क्र्याच प्रतिरोधि हुन्छ । यहि कारणले तपाईंको फोनको स्कृन बचाउन स्कृन गार्ड आवश्यक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment