Comments Add Comment

छोरी पहिलोपटक पर सरेको उपलक्ष्यमा आमाले दिइन् पार्टी

frist-mins-partyहामीकहाँ महिनावारी हुनुलाई अपवित्र मानिन्छ । अझ पहिलोचोटी महिनावारी हुँदा त केटीहरुले घरै छाड्नुपर्ने संस्कार छ । तर अमेरिकामा एक आमाले छोरीको पहिलो महिनावारीलाई उत्सव मनाउने अवसरका रुपमा लिएकी छिन् । उनले आफ्नी छोरीलाई पहिलोचोटी महिनावारी भएकोमा हार्दिक बधाईका साथ ‘सरप्राइज पार्टी’ नै दिइन् ।

अमेरिकाको फ्लोरिडामा बस्ने १२ वर्षकी ब्रुक ली पहिलोपटक पर सर्दा उनकी आमाले ‘महिनावारी पार्टी’ आयोजना गरेका हुन् । ब्रुकका ठूलोबुवाकी छोरी १७ वर्षकी अटम जेन्किन्सले पार्टीका तस्वीरहरु ट्वीटरमा सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘ब्रुकले आज आफ्नो महिनावारी सुरु गरिन् र हाम्रो परिवारले उत्सव मनायो ।’

पार्टीमा ब्रुकलाई एउटा चकलेट केक र पिज्जा दिइएको थियो । केकमा रेड आइसले लेखिएको थियो, ‘तिम्रो महिनावारीका लागि बधाई छ ।’ आमाले उनलाई महिनावारी हुँदा लगाउने टेम्पोन र प्याड उपहार दिइन् । पार्टीमा परिवारका सदस्य र नजिकका आफन्त सहभागी थिए ।

ब्रुककी आमा सेलीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा चिन्ता लिनुको साटो खुशी होउन् भनेर आफूले उनका लागि पार्टी दिएको बताइन् । ‘मैले यो घटनालाई रमाइलो ढंगले मनाउन खोजेकी हुँ,’ उनले भनिन् ।

चकलेट केक दिनुको कारणबारे उनले भनिन्, ‘यसमा सेराटोनिन हुन्छ जसले महिनावारी हुँदा फाइदा पुर्‍याउँछ ।’

अटमले आफ्नो ट्वीट भाइरल भएको देखेर चकित परेको बताइन् । उनी भन्छिन्, ‘मेरो परिवार कति मज्जाको र सहृदयी छ भन्ने दुनियाले थाहा पाएकोमा मलाई गर्व लागेको छ ।’

पार्टीको विषयमा उनले गरेको ट्वीटले १२ हजार लाइक पाएको थियो र धेरैलाई प्रभावित तुल्याएको थियो । उनको ट्वीटमा लिब्रा क्वीनले कमेन्ट गरेकी छन्, ‘ओ माइ गड, मलाई यो एकदम मन पर्‍यो । अरु बाबुआमाले पनि यो कुरामा यस्तै उदार र सहयोगी भावना लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment