Comments Add Comment

२ महिनामै दयाका ४ फिल्म रिलिज हुने, बजारमा आइसक्यो ५ फिल्म

dayahang rai
करिब एक बर्षका लागि नयाँ चलचित्रलाई समय दिन नसक्ने अवस्थामा छन्, नायक दयाहाङ राई । यसको अर्थ, उनको आउँदो बर्ष पनि दर्जन चलचित्र रिलिज हुनेछन् ।

तर, यो बर्ष दयाका ८ चलचित्र रिलिज हुने देखिएको छ । यसरि हेर्दा, डेढ महिनामा एउटा चलचित्र रिलिज भएको देखिएको छ । वैशाखमा ‘हाउ फन्नी’बाट सुरु भएको दयाको चलचित्र रिलिजको सिलसिला चैत्रसम्म पनि उस्तै छ । नयाँ बर्षको वैशाखको पहिलो दिनलाई पनि गन्ने हो भने, दयाका लगालग ४ वटा चलचित्र रिलिज हुनेछन् ।

फागुण १३ गते उनको ‘लुट २’ रिलिज हुनेछ । त्यसको करिब १ महिनापछि दयाकै अभिनय रहेको चलचित्र ‘लप्पन छप्पन’ रिलिज हुनेछ । त्यसको एक सातापछि दयाकै अर्को चलचित्र ‘लाल्टिन’ रिलिज हुनेछ । त्यसको २ सातापछि वैशाख १ गते दयाहाङ अभिनित चलचित्र ‘घामपानी’ रिलिज हुनेछ ।

करिब २ महिनाको अन्तरमै दयालाई हेर्न दर्शक ४ पटकसम्म हलमा जानुपर्नेछ । यसले, के सबै चलचित्रलाई फाइदा गर्ला त ? दयालाई अहिले मनलाग्दी चलचित्र खेलिरहेको आरोप लागेको छ । बक्स अफिसमा एकपछि अर्को रुपमा फेल हुँदा उनको चलचित्र छान्न नसक्ने खुबी मुख्य कारक भनेको टिप्पणी चलचित्र बजारमा गर्न थालिएको छ ।

उनको ‘हाउ फन्नी, वीर विक्रम, झुम्की, पुरानो डुङ्गा, सेतो सूर्य’ नामक चलचित्र रिलिज भैसकेका छन् । जसमा ‘वीर विक्रम’ बाहेक अन्य चलचित्र सफल हुन सकेनन् । ‘हाउ फन्नी’ औषत रहँदा अन्य ३ चलचित्र असफल बने ।

दयाहाङको चलचित्र खेल्ने यस्तो शैलीले उनलाई ठूलो घाटा भैरहेको चलचित्र विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment