Comments Add Comment

‘वेफिक्रे’ असफल हुनुको मुख्य कारण मै हुँ : बाणी कपुर

bani-kapoor-hot
आठ बर्षपछि निर्देशक आदित्य चोपडाले निर्देशन गरेको चलचित्र ‘वेफिक्रे’ बक्स अफिसमा असफल भयो । यो चलचित्र असफल होला भनेर कमैले मात्र सोचेका थिए ।

कारण, आदित्यको निर्देशन, यशराज ब्यानरको चलचित्र, रणवीर सिंह जस्ता स्टार भएको चलचित्र कसरि असफल हुनसक्छ ? तर, बक्स अफिसमा यो चलचित्र पूर्ण रुपमा असफल भयो ।

यो चलचित्र असफल हुनुको कारण विभिन्न भएपनि, नायिका बाणि कपुरले भने यसको जिम्मेवारी आफूले लिएकी छिन् । चलचित्रमा २० वटा भन्दा बढी चुम्बनको दृश्य छ । बाणीले भनिन्-‘चलचित्रमा सबै स्टार थिए । म मात्र नयाँ थिएँ । मलाई रिक्स लिएर चलचित्रमा लिइएको थियो । यसैले चलचित्र असफल हुनुको मुख्य कारण मै हुँ ।’

बक्स अफिसमा नराम्रोसँग पिटिएपछि बाणीको करिअर नै धरापमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment