Comments Add Comment

ट्रम्पको स्वागतमा ह्वाइट हाउसमा बज्नेछ ‘झुम्मे कि रात हे’

donald-trump
अमेरिकाका नव-निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सपथ ग्रहण पश्चात राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउसमा प्रवेश गर्नेछन् । उनको प्रवेशको समयमा ह्वाइट हाउसमा कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रममा बलिउडका चर्चित गीतहरुमा समेत कलाकारले नृत्य गर्नेछन् । मुम्बइका सुरेश मुकुन्द र उनको डान्स टिमले डोनाल्डको स्वागतका लागि ५ वटा गीतमा नृत्य तयार पारेको छ ।

बीबीसी हिन्दीसँग कुरा गर्दै सुरेशले ७ मिनेट लामो नृत्यको तयारी गरिएको बताएका छन् । जसमा सलमान खान अभिनित चलचित्र ‘किक’मा समावेश ‘झुम्मे कि रात’ हे पनि समावेश छ । यस्तै, चलचित्र ‘बाजिराओ मस्तानी’को ‘मल्हारी’, ‘काला चश्मा’, स्लमडग मिलेनियरको ‘जय हो’देखि तेलुगु गाना समेत समावेश छन् ।

सन् २०१० कि मिस इन्डिया मनस्वी मंगाइले डान्स गु्रपको लिड गर्नेछिन् । उनको साथमा ३० जना भारतीय डान्सहरुले नृत्य गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment