Comments Add Comment

ट्रम्पलाई नेपालबारे कति थाहा छ ? भारतीय आँखाले हेर्छन् कि बेग्लै ?

आप्रवासी विरोधीको सत्तारोहणले नेपालीलाई के असर पर्ला ?

donald-trump-us-president

७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार औपचारिक रुपमा हृवाइट हाउस प्रवेश गर्दैछन् । ब्यापारीबाट विश्वको सबैभन्दा शक्तिशाली देशको राष्ट्रपति बनेका ट्रम्पको जित धेरैलाई जति सरप्राइज थियो, त्यति नै चिन्ताजनक पनि । अमेरिकामा रहेका नेपालीहरु पनि त्यो चिन्ताबाट मुक्त छैनन् ।

आप्रवासीप्रति आक्रामक ट्रम्पको सत्तारोहणले नेपालीलाई के असर गर्ला ? डोमोक्रेटिक पार्टीबाट सिनेटको उम्मेदवार बन्ने दौडमा दोस्रो भएका नेपाली दर्शन रौनियारलाई भन्छन्, ‘मलाई लाग्दैन कि राष्ट्रपति हुँदैमा सबै उनले चाहेकै हुन्छ ।’ तर, आप्रवासीप्रति उनको रुप केही कडा नै हुने उनी बताउँछन् ।

कति छन् अमेरिकामा नेपाली ?

२०१२ मा कंग्रेस सदस्यका लागि चुनाव लड्दा मैले नेपाल सरकार र दूताबासबाट कतिजना नेपाली छन् बुझौं, उहाँहरुलाई आफ्नो अभियानबारे जानकारी गराऔं भन्दा कुनै तथ्यांक पाउन सकेन । तर, अमेरिकाको स्टेट डिपार्टमेन्टबाट गि्रनकार्ड र नागरिकता भएको ६९ हजार छ भन्ने थाहा पाए । यो अहिले ७६ हजार पुगेको छ । तर, विद्यार्थी र अवैधानिक रुपमा बसेकाहरुलाई पनि जोड्ने हो भने २/साढे २ लाख नेपाली छन् ।

अमेरिकामा अहिले करिव १२ मिलियन अवैधानिक छन् । जसमध्ये केही लाख अपराधिक पृष्ठभूमि भएकाहरु छन्, उनीहरुलाई डोनाल्ड ट्रम्पले डिपोर्ट -देश निकाला) गर्न सक्छन् । उनले चुनावकै क्रममा यो नारा दिएका थिए ।

जहाँसम्म नेपालीको कुरा छ, तपाई बैधानिक रुपमा तपाई अमेरिका आउनुहुन्छ भने केही फरक पर्दैन स्टुडेन्ट भिसामा होस् कि गि्रनकार्ड पाएर होस् । तर, जसरी अहिले नेपालबाट मात्र होइन, विभिन्न देशबाट अवैधानिक रुपमा पनि अमेरिका पुग्छन्, त्यसलाई डोनाल्ड ट्रम्पले धेरै रोक्छन् जस्तो देख्छु ।

डीभी चिठ्ठालाई उनले रोक्न पनि सक्छन् । साथै टीपीएसबारे पनि पुनर्विचार गर्न सक्छन् । ट्रम्प प्रशासनले भिसामा पनि कडाई गर्नसक्छ, यो विद्यार्थी भिसामा पनि हुनसक्छ ।

ट्रम्पलाई नेपालबारे थाहा छ कि छैन ?

दर्शन हाँस्दै भन्छन्, ‘मलाई लाग्छ, नेपाल भन्ने देश भन्ने ट्रम्पलाई थाहा नहुन सक्छ Û तर, अमेरिकी राष्ट्रपति चुनावको प्रचारका क्रममा ट्रम्पले अमेरिका भारतसँग राम्रो साथी हुन्छ भनेर धेरैपटक भनेका छन् ।

अमेरिकाका धेरै सांसदहरुमा नेपाल र अमेरिकामा नेपालीको उपस्थितिारे कम जानकारी रहेको आफूले पाएको रौनियार बताउँछन् । तर, आफ्नो दुईपटकको चुनावी अभियानले नेपालीहरु भोटिङ ब्लकका रुपमा बुझ्न थालेको उनले सुनाए ।

नेपालमाथि भारतकै नजर ?

darshan-rauniyar_455अमेरिकाले नेपाललाई भारतको आँखाले हेरेको विश्लेषणहरु पनि हुने गरेको छ । राष्ट्रपति ट्रम्पले भारतसँगको सम्वन्धलाई बढी प्राथमिकता दिएका छन् ।

उनले पनि त नेपाललाई भारतको आँखाले हेर्ने त होला नि भन्ने प्रश्नमा रौनियार भन्छन्, ‘अमेरिकाको नेपाल नीति किन भारतकै आँखाबाट हुन्छ भनेर मैले पनि धेरै विश्लेषण गर्न चाहेँ । यसमा मैले त्यहाँका कांग्रेस सिनेटर र स्टेट डिपार्टमेन्टमा अमेरिकाको नेपाल नीति के हो भनेर सोधेको थिएँ ।’

रौनियार अघि भन्छन्- ‘यसमा मैले केही जवाफ पाइनँ । किनभने नेपालप्रति ठूलो रुपले हेर्नुपर्ने आवश्यकता छैन भन्ने देखियो । हामी सानो मुुलुक हो । हाम्रो डायसपोरा त्यति सशक्त छैन । जब कि अमेरिकाको नीति निर्माणमा लबी ग्रुपहरुको प्रभाव हुन्छ ।’

अमेरिकामा भारतीय डायसपोरा बलियो छ । ट्रम्पकै टिममा पनि भारतीय मूलका मानिसहरुको राम्रै उपस्थिति छ । त्यसैले पनि ट्रम्प प्रशासनले पनि नेपाललाई भारतकै आँखाबाट हेर्ने रौनियारको विश्लेषण छ ।

उनका अनुसार केही अमेरिकी सांसद पनि यस्ता छन्, जो नेपालप्रति निकै सहानुभूति राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment